लिभरपुलको विजय जुलुसको भीडमा अनियन्त्रित कार प्रवेश गर्दा दर्जनौँ घाइते « Khabarhub

लिभरपुलको विजय जुलुसको भीडमा अनियन्त्रित कार प्रवेश गर्दा दर्जनौँ घाइते


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलको विजय जुलुसको भीडमा कार प्रवेश गर्दा दर्जनौँ घाइते भएका छन्। यसरी घाइते हुनेमध्ये चार जना बालबालिका छन्। घाइतेमध्ये २७ जना अस्पताल लगिएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

शङ्कास्पद मानिएका कार चालक भएको आरोपमा एक ५३ वर्षीय पुरुषलाई गिरफ्तार गरिएको छ। यो घटना आतङ्कवादी घटनासँग सम्बन्धित नभएको बताइए पनि अनुसन्धान भइरहेको छ।

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा जित हात पारेपछि सहरमा विजय यात्रा गरिएको थियो। प्रधानमन्त्री केइर स्टेइमरले सो घटनाको दृश्य दुखदायी भएको बताएका छन्। उनले सिङ्गो देश लिभरपुलको साथमा रहेको प्रतिक्रिया दिएका छन्।

लिभरपुल सहरका काउन्सिल नेताले उद्धार कार्यमा संलग्न हुनेको प्रशंसा गरेका छन्। प्रशासनले घटनाको कुनै फुटेज सामाजिक सञ्जालमा पोस्ट नगर्न उल्लेख गरेको छ। सो घटनामा चार जना गाडीमा नै थिचिएका छन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ०७ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक