राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने « Khabarhub

राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनले बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू काठमाडौं आइसकेको र केही आज बिहान आइपुग्ने बताए । 

आजको बैठकमा जेठ १५ गतेदेखि सुरु गर्ने आन्दोलन केन्द्रित विषयमा मात्र छलफल हुने उनको भनाइ छ ।

आन्दोलनलाई व्यवस्थित, प्रभावकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिने बताइएको छ । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ३४ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित