महिला तथा बालहिंसा न्यूनीकरण गर्न कानूनी परामर्श  | Khabarhub Khabarhub

महिला तथा बालहिंसा न्यूनीकरण गर्न कानूनी परामर्श 


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर–  महिला तथा बालहिंसा न्यूनीकरण गर्न रामप्रसाद राई गाउँपालिकाले कानूनी परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

विपन्न, गरिब, सीमान्तकृत, अल्पसङ्ख्यक नागरिकहरूमा न्यायको पहुँच विस्तार गर्न कार्यक्रम गरिएको हो । कानूनी परामर्शको मध्यमबाट जनस्तरसम्म चेतना फैलाउने उद्देश्यले महिला जनप्रतिनिधि र विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार कार्यक्रममार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानूनी सेवा तथा कानूनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जानकारी दिएको छ । गाउँमा हुने घरेलु हिंसा तथा बालहिंसा न्यूनीकरण गर्ने लक्ष्यले कानूनी परामर्श कार्यक्रम सञ्चालन गरिएको हो ।

तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रममार्फत महिला तथा बालबालिकाको विषयमा संविधानले दिएको अधिकार, कुनै पनि किसिमको हिंसा भए त्यसको कानूनी व्यवस्था, न्याय पाउनका लागि गर्नुपर्ने काम, हिंसा भएमा कानूनले तोकेको सजायलगायत विषयमा जानकारी दिइएको छ ।

अहिले पनि जनस्तरसम्म कानूनी सेवाका बारेमा कमै मात्र जानकारी छ । गाउँघरमा हुने विभिन्न खालका हिंसा न्यूनीकरणका लागि महिला जनप्रतिनिधि र छात्रालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हौँ ।

गाउँघरमा अझै पनि कस्तो खालको व्यवहारलाई हिंसा भनिन्छ, हिंसा भएमा कानूनी उपचार कसरी खोज्ने, हिंसा भएमा कहाँ उजुरी गर्ने भन्नेलगायत विषयमा जानकारी नहुँदा कानून कार्यान्वयनमा समस्या रहेको अध्यक्ष राईले बताए । सो अवसरमा संविधानमा बालबालिका तथा महिलालाई दिएको अधिकारका बारेमा पनि जानकारी दिइएको उनको भनाइ छ ।

संविधानमा महिला तथा बालबालिकाका बारेमा व्यवस्था गरिएको अधिकारलाई समुदायस्तरसम्म पुर्‍याउन गाउँपालिकाको आयोजना तथा सहयोगी महिला समाज काठमाडौंको समन्वयमा कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए ।

कानूनी परामर्श दिएपछि गाउँघरमा हुने घरेलु हिंसा तथा बालहिंसा न्यूनीकरणमा केही सहजता हुने उपाध्यक्ष राईले बताए । (रासस)

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ३० बजे

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन