गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीबाट संसद बैठक अवरुद्ध « Khabarhub

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीबाट संसद बैठक अवरुद्ध


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।

बैठकको सुरुमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्री लेखकको सचिवालय भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै त्यसको छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

उनले गृहमन्त्रीलाई अहिले नै दोषी करार नगर्ने भन्दै छानबिनका लागि पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । उनले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म बैठक अगाडि बढ्न नसक्ने बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नसक्ने बताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ११ : ५० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि