अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ « Khabarhub

अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनगढी– भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका विभिन्न सामानहरूसहित कैलाली र कञ्चनपुर जिल्लाबाट पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही स्थानबाट भने भन्सार छली गरिएका सामानहरू बेवारिसे अवस्थामा बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएको अनुमानित ८० हजार ८५० बराबरको चिनी, बिडी, सुर्ती, चियापत्ती, कुर्ती सेट, कट्टु, टप्स लगायतका सामान सहित सोही ठाउँकी २७ वर्षीया दिपिका चौधरी र ३४ वर्षीया हस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकबाट अवैध रूपमा भन्सार छलिएको एक लाख ४० हजार ७५० बराबरको चिनी, दाल, कुर्ता सुरुवाल, कट्टु, वानपिस, प्लाष्टिक झिल्ली लगायतका सामान सहित गोदावरी नगरपालिका–१ की ५८ वर्षीया पार्वती पन्त र ४० वर्षीया ईश्वरी बुढालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार नै दिउँसो १२ बजे तिर टीकापुर नगरपालिका–७ स्थित भ्युटावर नजिकबाट भन्सार छली गरिएका ३७ हजार ६८५ बराबरको आयुर्वेदिक तथा भिटामिन औषधी प्रहरी चौकी कालाकुण्डाको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यता कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासी, दोधारा चाँदनी नगरपालिका–१ को फोर लाइन सडक किनारा, सोही ठाउँको ३ पट्टरखल्ला, र लालझाडी गाउँपालिका–१ नौरंगा सिद्दबाबा सामुदायिक वन नजिकबाट प्रहरीले तीन लाख ८८ हजार ७१० बराबरको चिनी, खाने तेल, सुटपिस, कुर्ती, पाइन्ट, लेहँगा, इनभर्टर, बोइलर कुखुरा लगायतका सामानहरू बेवारिसे अवस्थामा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको गस्ती टोलीले ती सामानहरू बरामद गरेको हो । 

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ भने बरामद गरिएका सामानहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १ : ३९ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा