गणतन्त्र र संविधानको रक्षाका लागि गणतन्त्रवादीहरू एकजुट हुनुपर्छ : प्रचण्ड « Khabarhub

गणतन्त्र र संविधानको रक्षाका लागि गणतन्त्रवादीहरू एकजुट हुनुपर्छ : प्रचण्ड


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुनुपर्ने आवश्यकता औँल्याएका छन् । 

पूवराजा ज्ञानेन्द्र शाहका समर्थकको सक्रियता बढिरहेका बेला उनले गणतन्त्रवादीहरू गणतन्त्र र संविधानको रक्षाका लागि एक हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । 

‘अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक छ,’ गोरखाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रचण्डले भने, ‘सुशासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको छ ।’

युवाहरू बिदेसिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेकोमा जोड दिए । 

‘नेपाल संसारमै सम्भावनायुक्त देश हो । युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ,’ अध्यक्ष प्रचण्डले भने । संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएको प्रति उनले चिन्ता व्यक्त गरे । 

‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै प्रचण्डले त्यसको पूर्ण कार्यान्वयन भने हुन नसकेको बताए । बूढीगण्डकी जलविद्युत आयोजना अगाडि बढाउन गरिएको मिहिनेत हाल रोकिएको भन्दै उनले त्यसमा पुनः गति दिन जरुरी रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  २ : ३९ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको