गणतन्त्र र संविधानको रक्षाका लागि गणतन्त्रवादीहरू एकजुट हुनुपर्छ : प्रचण्ड « Khabarhub

गणतन्त्र र संविधानको रक्षाका लागि गणतन्त्रवादीहरू एकजुट हुनुपर्छ : प्रचण्ड


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुनुपर्ने आवश्यकता औँल्याएका छन् । 

पूवराजा ज्ञानेन्द्र शाहका समर्थकको सक्रियता बढिरहेका बेला उनले गणतन्त्रवादीहरू गणतन्त्र र संविधानको रक्षाका लागि एक हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । 

‘अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक छ,’ गोरखाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रचण्डले भने, ‘सुशासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको छ ।’

युवाहरू बिदेसिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेकोमा जोड दिए । 

‘नेपाल संसारमै सम्भावनायुक्त देश हो । युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ,’ अध्यक्ष प्रचण्डले भने । संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएको प्रति उनले चिन्ता व्यक्त गरे । 

‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै प्रचण्डले त्यसको पूर्ण कार्यान्वयन भने हुन नसकेको बताए । बूढीगण्डकी जलविद्युत आयोजना अगाडि बढाउन गरिएको मिहिनेत हाल रोकिएको भन्दै उनले त्यसमा पुनः गति दिन जरुरी रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  २ : ३९ बजे

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट