काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा गरियो विपद् प्रतिकार्य अभ्यास « Khabarhub

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा गरियो विपद् प्रतिकार्य अभ्यास


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा संयुक्त रूपमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ । 

मंगलबार संयुक्त रूपमा विपद् प्रतिकार्य अभ्यास ‘मनसुन–५’ काभ्रेको भुम्लु गाउँपालिका वडा नं १० स्थित दोलालघाटमा सम्पन्न गरिएको हो । उक्त अभ्यास कार्यक्रम जिल्ला स्थित श्री नं २६ बाहिनी अड्डाको आयोजनामा गरिएको हो ।

कार्यक्रममा विपद् प्रतिकार्य अभ्यास तथा उद्धार कार्यको प्रदर्शनी गरिएको थियो । त्यस्तै स्थानीय श्रोत साधनको प्रयोग गरी बाढीको समयमा उद्धार, वाटर रिभर क्रसिङ रेस्क्यु, पलिङ्ग विधी प्रयोग गरी उद्धार, हाइ लाइन रेस्क्यु लगायतको अभ्यास गरिएको थियो । 

उक्त अभ्यासमा श्री इन्द्रध्वज गण सिन्धुपाल्चोक, श्री श्रीमेहर गण र श्री त्रिनेत्रदल गण काभ्रेपलाञ्चोकका युनिट लगायत सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा, काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, उपत्यका पृतनापति उपरथी विष्णु राउत लगाएतले विपद् पूर्व तयारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विपद् उद्धारमा प्रयोग गरिएका सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ३ : १२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा