जलवायु चेतना प्रभावकारी बनाउन एकीकृत प्रयास आवश्यक : मीनेन्द्र रिजाल « Khabarhub

जलवायु चेतना प्रभावकारी बनाउन एकीकृत प्रयास आवश्यक : मीनेन्द्र रिजाल


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तरसम्म बढ्दै गएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन एकीकृत प्रयासको आवश्यकता औँल्याएका छन् ।

नेपाल प्रेस युनियनले स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटमा प्रेस भूमिका’ कार्यक्रममा उनले जलवायु चेतना सम्बन्धमा सरकारसँगै सरोकारवाला सबैको भूमिका एकीकृत रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले कार्बन उत्सर्जनमा नेपालको नगण्य भूमिका रहे पनि जलवायुको असरबाट बढी प्रभावित हुनु परेको समेत बताए ।

पूर्वसञ्चारमन्त्री समेत रहेका डा. रिजालले भने, ‘नेपालले पछिल्लो समय बेमौसमी वर्षाका कारण जलवायु विपद्का ठूलो क्षति बेहोर्नु परेको छ । यसमा  क्षतिपूर्ति र दाबीका लागि अन्तर्राष्ट्रिय पहल र पैरवी आवश्यक छ ।’

फरक प्रसङ्गमा उनले पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोग बढेसँगै देखिएका चुनौती सामना गर्न सबै पक्षसँगै मिडियाको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए । 

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य उदयशम्शेर राणाले नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि जलवायु वित्तमा पहुँच पुर्‍याउन आवश्यक रहेको उल्लेख गरे । साथै उनले सामाजिक सञ्जालमा देखिएका विकृति समाधानका लागि मिडियाका भूमिकाबारे प्रकाश पारे । 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तन विश्वको जल्दो बल्दो विषय भएको उल्लेख गर्दै यसमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन् । उनले मिडियामा देखिएका विकृति समाधानका लागि प्रेस युनियन जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिन्  । 

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरहीले पछिल्लो समय केही व्यक्तिका विकृति देखाएर सिङ्गो राजनीतिक व्यवस्थालाई नै बदनाम गराउने काम भइरहेको बताए । उनले यस्तो अवस्थामा भ्रम चिरेर यथार्थ देखाउनका लागि प्रेसको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । 

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, पूर्वअध्यक्षहरु रमेश तूफान, कुलचन्द्र वाग्ले, समीरजङ्ग शाह, बद्री सिग्देल, युनियनका उपाध्यक्ष नकुल अर्याल, पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचन्द र नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य प्रेमिका रानाले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि युनियनले खेल्दै आएको भूमिकाबारे चर्चा गरेका थिए । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ३ : ३४ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर