प्रतिनिधिसभाको बैठक स्थगित « Khabarhub

प्रतिनिधिसभाको बैठक स्थगित


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । संसद् सचिवालयले दोस्रोपल्ट सूचना टाँस गरेर संसद् बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयले मंगलबारको बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग छलफल गरेका थिए ।

छलफलमा प्रतिपक्षी दलहरूले संसद् बैठकमा राखेको मागबाट पछि नहट्ने अडान यथावत राखेका थिए । उनीहरूले बिहान बसेको बैठकमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गरेका थिए ।

उक्त माग राखेर प्रतिपक्षीहरूले संसद्मा नाराबाजी गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । निर्धारित आधा घण्टामा बैठक बस्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ः३० बजेसम्मका लागि बैठक सारेको थियो ।

पहिलो पटक सूचना टाँस गरेर तोकिएकाे समयमा पनि बैठक बस्न नसकेपछि सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । उक्त छलफल निष्कर्षविहीन भएपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बस्ने गरी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ०३ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली