लिङ्देनको आशंका- प्रधानमन्त्रीकै निर्देशनमा सरकारले जेठ १५ गतेको कार्यक्रम भड्काउने योजना बनायो « Khabarhub

लिङ्देनको आशंका- प्रधानमन्त्रीकै निर्देशनमा सरकारले जेठ १५ गतेको कार्यक्रम भड्काउने योजना बनायो


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफुहरुको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको बताएका छन्।

जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष लिङ्देनले रत्नपार्कमा कार्यक्रम घोषणा गर्दा प्रधानमन्त्रीले त्यहीँनजिकै जम्मा भएर प्रतिवाद गर्न निर्देशन दिनुले कार्यक्रम भड्काउन खोजिएको दाबी गरे ।

उनले सरकारको तर्फबाट मुठभेट निम्ताउने क्रियाकलाप भएको आरोप लगाए । अध्यक्ष लिङ्देनले आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजार भन्दाबढी स्वयंसेवक परिचालन गर्ने जानकारी दिए ।

राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनले बताए । राजनीतिक स्वार्थका लागि नभइ नेपालका लागि भोटको राजनीतिभन्दा माथि रहने अभिभावकीय संस्था राजा रहनुपर्नेमा जोड दिएको बताए ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताए । तर आफूहरूका लागि पात्र भन्दा पनि राजसंस्था महत्वपूर्ण रहेको उनले बताए ।

उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरूलाई प्रतिवन्ध लगाउन नपाउने व्यवस्था गरेको भन्दै आफूहरूले निर्वाध रुपमा आफ्नो गतिविधि गर्न पाउनुपर्नेमा जोड दिए ।

आफूहरूको आन्दोलन नितान्त शान्तिपूर्ण हुने भन्दै प्रशासनसँग भिडन्त गर्ने पक्षमा नरहेको जिकिर पनि थापाले गरेका छन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ५ : ०७ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६