विदेश बस्ने आफन्तलाई कोसेली गलेश्वरको ‘रातो च्याउ’ « Khabarhub

विदेश बस्ने आफन्तलाई कोसेली गलेश्वरको ‘रातो च्याउ’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– यहाँको लेकाली क्षेत्रको जङ्गलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ ।

औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो । पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रूपमा लैजाने गरेका छन् ।

जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ । जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका– ५ का इलमी बुढामगरले बताए । 

‘बुहारी र नाति नातिनी अहिले जङ्गलमा गएर च्याउ टिप्न व्यस्त छन् । दैनिक तीन/चार किलो च्याउ टिपेर ल्याउँछन्’, बूढाले भने ‘केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउँछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौँमा रहेका आफन्तहरू विदेशमा गएका आफन्तलाई कोसेलीको रूपमा पठाउने गर्छौँ ।’ आलो रातो च्याउ बजारमा आठ सयदेखि एक हजार दुई सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए ।

धवलागिरि गाउँपालिका– ४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिन अघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाइन् । जेठ लागेयता उनले १४ किलो च्याउ सङ्कलन गरेर बिक्री गरी १५ हजार बढी आम्दानी गरेकी छन् । बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ ।

जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक  र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जङ्गलको च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन् । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ४७ बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल