युवा संघको मतगणनामा सुरूबाटै अग्रता बनाए सुमन पुरीले « Khabarhub

युवा संघको मतगणनामा सुरूबाटै अग्रता बनाए सुमन पुरीले


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सुरूबाटै वर्तमान महासचिव सुमन पुरीले अग्रता बनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूको साथ पाएका क्षितिज थेबेलाई उनले सुरुबाटै पछि पारेका हुन् ।

विद्युतीय मेशिनमा भएको मतदानपछिको मतगणनामा अध्यक्ष पदमा सुमन पुरी ११८ मतसहित अग्रता बनाइरहेका छन् ।

उता अध्यक्षमा दोहोरिन चाहेका क्षितिज थेबे १०३ मतसहित पुरीलाई पछ्याइरहेका छन् । ताजा अवस्थामा यी दुईबीच १५ मतको अन्तर रहेको छ।

मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित रहे । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरे ।

जेठ ९ गतेदेखि सुरू भएको महाधिवेशनमा ओलीले थेबेलाई सर्वसम्मत गरेर ल्याउन निर्देशन दिएका थिए । तर उनको निर्देशनविपरीत वर्तमान महासचिव सुमन पुरीले कुनै हालतमा अध्यक्षमा दाबेदारी नछाड्ने बताएका थिए ।

उनलाई पछि हट्ने वातावरण बनाउन ढकाल, युवासंघकै पूर्व अध्यक्ष महेश बस्नेत, रमेश पौडेल र वर्तमान इन्चार्ज राजीव पहारीसमेत खटिएका थिए । तर पुरी पक्षीय प्यानललाई पछि हटाउन गरेको उनीहरूको प्रयास बिफल भएपछि मंगलबार निर्वाचन भएको हो ।

प्राप्त विवरण अनुसार युवासंघको महाधिवेशनमा कोशीबाट १८५ मत, मधेशबाट १०१ मत, बागमतीबाट १६४, लुम्बिनीबाट १३१, सुदूरपश्चिमबाट ११६, गण्डकीबाट १२३ र कर्णालीबाट १०५ मत खसेको छ ।

त्यसैगरि विशेष प्रदेशबाट ६९ र आयोजबाट ४ सय १० सहित जम्मा १४०४ मत खसेको हो । विद्युतीय मतपेटिकामा मतदान भएकाले परिणाम पनि चाँडै आउने अपेक्षा गरिएको छ ।

एमालेमा गत फागुनयता महाधिवेशन भएका १२ जनसंगठनमध्ये युवासंघमा निर्वाचनमा गएर नेतृत्व छान्ने पहिलो संस्था भएको छ । प्रेस चौतारीसहित अरू ११ संस्थामा सर्वसम्मतका नाममा निर्वाचन कार्यक्रम नै नराखी नेतृत्व चयन गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ५४ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्