सुडानमा हैजाको प्रकोपबाट एक सातामै १७२ जनाको मृत्यु | Khabarhub Khabarhub

सुडानमा हैजाको प्रकोपबाट एक सातामै १७२ जनाको मृत्यु


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सुडानमा हैजाका घटनामा वृद्धि भएको र एक हप्तामा दुई हजार ७०० सङ्क्रमित र १७२ जनाको मृत्यु भएको सुडानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खार्तुम राज्यमा ९० प्रतिशत सङ्क्रमण भेटिएका छन्, जहाँ सन् २०२३ को अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) लाई दोषी ठहर्‍याइएको ड्रोन आक्रमणका कारण हालैका हप्ताहरूमा पानी र बिजुली आपूर्तिमा गम्भीर अवरोध आएको छ।’

देशका दक्षिण, मध्य र उत्तरमा पनि सङ्क्रमण देखिएको छ । गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरेको भएपनि युद्ध सुरु भएदेखि प्रकोप अझ खराब भएको छ । यहाँ पहिले नै कमजोर रहेको पानी, सरसफाइ र स्वास्थ्य पूर्वाधारहरूलाई युद्धले ध्वस्त बनाएको छ ।

गत मङ्गलबार मन्त्रालयले पछिल्लो तीन हप्तामा दुई हजार ३०० भन्दा बढी हैजाका बिरामीमध्ये ५१ जनाको मृत्यु भएको जनाएको थियो ।

आरएसएफले यसै महिना खार्तूममा ड्रोन आक्रमण गरेको थियो । आक्रमणबाट तीन वटा विद्युत गृह पनि प्रभावित भएका थिए तर गत हप्ता आरएसएफलाई राजधानीबाट पूर्ण रूपमा बाहिर निकालिएको थियो ।

डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का अनुसार द्वन्द्वका कारण बिजुली र स्थानीय पानीको सञ्जाल सेवाबाट बञ्चित भएपछि त्यहाँका बासिन्दा असुरक्षित पानीका स्रोततर्फ जान बाध्य भएका छन् ।

खार्तूमस्थित एमएसएफका मेडिकल कोअर्डिनेटर स्लेमेन अम्मरले भने, ‘पानी प्रशोधन केन्द्रहरूमा अब बिजुली छैन र नाइल नदीबाट स्वच्छ पानी उपलब्ध हुन सक्दैन ।’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुडानको पहिलेदेखि नै कमजोर स्वास्थ्य सेवा प्रणाली युद्धका कारण ‘थप अस्तव्यस्त’ तर्फ धकेलिएको छ ।

चिकित्सक सङ्घका अनुसार देशका स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण यहाँका ९० प्रतिशतभन्दा बढी अस्पतालहरु कुनै न कुनै बेला युद्धका कारण बन्द भएका छन् र स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ ।

अहिले तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौं हजारको ज्यान लिइसकेको छ । युद्धले एक करोड ३० लाख विस्थापित गरेको र विश्वको सबैभन्दा ठूलो विस्थापन र भोकमरीको सङ्कट सिर्जना गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ९ : ११ बजे

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक