विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण « Khabarhub

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित जनविकास माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । 

समुदायप्रतिको दायित्व बहन गर्दै सहकारीले यहाँ अध्ययनरत बालबालिकाको शैक्षिक उन्नयनका लागि ५० हजार बराबरको अक्षयकोष स्थापना गरेको हो । रामपुर साकोस यो क्षेत्रमै वित्तीय संस्थामार्फत शैक्षिक क्षेत्रमा अक्षयकोष स्थापना गर्ने पहिलो संस्था हो । 

सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ अर्याललाई चेक हस्तान्तरण गरे । समुदायप्रतीको दायित्व बहन गर्ने क्रममा विद्यालयमा अक्षयकोष स्थापना गरिएको उनले बताए। 

चन्द्रज्योति बचत तथा ऋण सहकारी र रामपुर बचत तथा ऋण सहकारी संस्था एकीकरण गरी झोलाबाट सुरु भएको सहकारीले अहिले सुविधा सम्पन्न भौतिक संरचनाबाट सेवा दिइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले विद्यालयमा स्थापित अक्षयकोषको विभिन्न विधामा सदुपयोग गरिने बताए।

सहकारीका व्यवस्थापक गोविन्द पाठकले कार्यक्षेत्र भित्रको सामुदायिक विद्यालयको अवस्था हेरेर यसवर्षदेखि हरेक वर्ष एक विद्यालयमा एक अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिए । सहकारीमा हाल चार हजार चार सय ८९ सेयर सदस्य आबद्ध छन् । 

उक्त सहकारीले सामाजिक सामुदायिक विकास कोषबाट समाजको हितमा काम गर्दै आएको छ । हालसम्म यस विद्यालयमा रु २१ लाख १० हजार बराबरको अक्षयकोष स्थापना भएको छ ।
 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ५२ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका