स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण « Khabarhub

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताए। 

‘स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यस्तो कार्य अन्य वडाका लागि प्रेरणादायी बन्छ ।’

गोलबजार–१० वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको उद्देश्यबारे भने, ‘स्वयंसेविकाले घरदैलोमै पुगेर सेवा दिनुपर्छ । उनीहरू टाढाटाढासम्म पैदल हिँड्न बाध्य थिए । अब साइकल पाउँदा उनीहरूको काम सहज र प्रभावकारी बन्ने विश्वास छ ।’

साइकल वितरणले आफूहरूमा कामप्रति अझ बढी उत्प्रेरित हुन सहयोग पुगेको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् । स्वास्थ्य स्वयंसेविका निमा लामाले भने, ‘हामीलाई घरदैलोमै सेवा दिनुपर्छ । धेरैपटक टाढाटाढा हिँड्नुपर्थ्यो, समय बढी खर्च हुन्थ्यो । अब साइकल पाएपछि हामी सहज रूपमा समुदायमा पुग्न सक्छौँ ।’

अर्की स्वयंसेविका पुजन थापाले थपे, ‘वडाले दिएको यो सहयोगले हाम्रो कामप्रति सम्मान महसुस गरायो । यसले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १० : २० बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र