मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम | Khabarhub Khabarhub

मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । 

पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरू भएको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रहरूबाट तीन जनाका दरले सहभागिता रहेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव  अमृत कार्कीका अनुसार प्रशिक्षण कार्यक्रममा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट तीन जनामध्ये एकजना महिला अनिवार्य गरिएको छ । 

प्रशिक्षण कार्यक्रममा ‘नेपाली कांग्रेसको तहगत संरचना, सांगठनिक अवस्था र नेतृत्व विकास’बारे डा. कृष्णप्रसाद पौडेल र ‘लोकतान्त्रिक समाजवाद : नेपाली कांग्रेसको आर्थित नीति, उपलब्धि र भावी कार्यदिशा’ बारे डा. जगदिशचन्द्र पोखरेलले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ ।  

यस्तै ‘प्रशिक्षण विधि, प्रशिक्षकका सिप र प्रभावकारी प्रशिक्षण’ (छलफल तथा अन्तरक्रिया)को सहजीकरण बिजुला बर्मा राणाले र ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’ (प्रशिक्षण–प्रयोगात्मक अभ्यास) बारे विश्वदिप लामिछानेले प्रशिक्षण दिने भएका छन् ।  

‘युवा, रोजगारी र उद्यमशीलता’ बारे डा. संजय महतो र ‘नेपाली कांग्रेसको आदर्श तथा नेपालको संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका’ बारे डा. बुद्धिमान श्रेष्ठले सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिने प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।   

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानले बागमती प्रदेशबाट प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको थियो । प्रतिष्ठानले अब यसपछि कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको तयारी गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ११ : ०९ बजे

सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा – सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण

आजका समाचार : च्यासलमा ओली-भण्डारी वार्ता, एमाले ‘कुलिङ पिरियड’विरुद्ध जाँदा शेखरको आक्रोश र सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री एवम् नेकपा एमालेका

जबरजस्ती करणी मुद्दामा पक्राउ परे राजेश अहिराज, पाँच दिन म्याद थप

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । साँझ