मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम « Khabarhub

मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । 

पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरू भएको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रहरूबाट तीन जनाका दरले सहभागिता रहेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव  अमृत कार्कीका अनुसार प्रशिक्षण कार्यक्रममा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट तीन जनामध्ये एकजना महिला अनिवार्य गरिएको छ । 

प्रशिक्षण कार्यक्रममा ‘नेपाली कांग्रेसको तहगत संरचना, सांगठनिक अवस्था र नेतृत्व विकास’बारे डा. कृष्णप्रसाद पौडेल र ‘लोकतान्त्रिक समाजवाद : नेपाली कांग्रेसको आर्थित नीति, उपलब्धि र भावी कार्यदिशा’ बारे डा. जगदिशचन्द्र पोखरेलले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ ।  

यस्तै ‘प्रशिक्षण विधि, प्रशिक्षकका सिप र प्रभावकारी प्रशिक्षण’ (छलफल तथा अन्तरक्रिया)को सहजीकरण बिजुला बर्मा राणाले र ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’ (प्रशिक्षण–प्रयोगात्मक अभ्यास) बारे विश्वदिप लामिछानेले प्रशिक्षण दिने भएका छन् ।  

‘युवा, रोजगारी र उद्यमशीलता’ बारे डा. संजय महतो र ‘नेपाली कांग्रेसको आदर्श तथा नेपालको संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका’ बारे डा. बुद्धिमान श्रेष्ठले सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिने प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।   

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानले बागमती प्रदेशबाट प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको थियो । प्रतिष्ठानले अब यसपछि कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको तयारी गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ११ : ०९ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र