स्पेन जानुअघि प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक « Khabarhub

स्पेन जानुअघि प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले सहयोग र सम्बन्ध विस्तारसम्बन्धी महत्त्वपूर्ण विषयमा सहमति गर्ने कार्यक्रम छ ।

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०२१ मा स्पेनको भ्रमण गरेकी थिइन् । उक्त अवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो ।

यस्तै सन् २०१९ मा आयोजित मन्त्रीस्तरीय जीएसएमए कार्यक्रममा भाग लिन तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा स्पेन पुगेका थिए ।

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’ मा स्पेन पुगेर भाग लिएका थिए । राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन भ्रमण गरेका थिए । यस्तै स्पेनका राजा कार्लाेसले पनि सन् १९८७ मा नेपालको चार दिने राजकीय भ्रमण गरेका थिए ।

नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१८ मा स्पेनमा नेपालको आवासीय राजदूतावास स्थापना भएको थियो । नेपालका लागि भने दिल्लीस्थित नेपाली दूतावासले काम गर्दै आएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ३० बजे

सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका