स्पेन जानुअघि प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक « Khabarhub

स्पेन जानुअघि प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले सहयोग र सम्बन्ध विस्तारसम्बन्धी महत्त्वपूर्ण विषयमा सहमति गर्ने कार्यक्रम छ ।

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०२१ मा स्पेनको भ्रमण गरेकी थिइन् । उक्त अवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो ।

यस्तै सन् २०१९ मा आयोजित मन्त्रीस्तरीय जीएसएमए कार्यक्रममा भाग लिन तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा स्पेन पुगेका थिए ।

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’ मा स्पेन पुगेर भाग लिएका थिए । राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन भ्रमण गरेका थिए । यस्तै स्पेनका राजा कार्लाेसले पनि सन् १९८७ मा नेपालको चार दिने राजकीय भ्रमण गरेका थिए ।

नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१८ मा स्पेनमा नेपालको आवासीय राजदूतावास स्थापना भएको थियो । नेपालका लागि भने दिल्लीस्थित नेपाली दूतावासले काम गर्दै आएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ३० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले