जापान जाने प्रशिक्षार्थी कामदारमाथि ‘सिन्डिकेट’को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग « Khabarhub

जापान जाने प्रशिक्षार्थी कामदारमाथि ‘सिन्डिकेट’को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान चाहने प्रशिक्षार्थी कामदार युवामाथि भइरहेको शोषण र अनावश्यक झमेलालाई ‘गम्भीर सिन्डिकेट’को परिणाम भन्दै तत्काल कारबाहीको माग गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा शिवाकोटीले भिसा आइसकेपछि फेरि भाषा परीक्षा लिने प्रक्रिया गैरकानुनी र अमानवीय भएको उल्लेख गर्दै, यसले प्रशिक्षार्थी युवाको सपना र श्रममाथि खेलबाड गरिरहेको बताए ।

‘जब जापानी पक्षले युवालाई स्वीकार गरिसकेको छ र भिसा नै आइसकेको छ, त्यसपछि फेरि भाषा परीक्षा लिने नाममा रोक्नु, अलमल्याउनु र आर्थिक रूपमा शोषण गर्नु अमानवीय हो,’ शिवाकोटीले लेखेका छन्।

उनका अनुसार यो प्रक्रिया विगत १५ वर्षदेखि चल्दै आएको एउटा ‘सिन्डिकेट’को हिस्सा हो, जसले प्रशिक्षार्थी युवाको श्रम बेचेर नाफामुखी धन्दा सञ्चालन गरिरहेको छ। विशेषतः जाइका एल्मुना एसोसिएसन नेपाल जान सँग वैदेशिक रोजगार विभागको सहकार्यलाई उनले यसै सिन्डिकेटको नमूना भन्दै तत्काल तोड्नुपर्ने माग गरेका छन्।

शिवाकोटीले यो अवस्था भिजिट भिसा प्रकरणजस्तै भयावह भएको उल्लेख गर्दै भनेका छन्, ‘केही सीमित व्यक्ति र संस्थाले सरकारी संयन्त्रको नाम लिई निर्दोष युवाको भविष्य र परिवारको लगानीमा खेलबाड गरिरहेका छन् ।’

उनले वैदेशिक रोजगार विभागलाई सुशासन र पारदर्शिता व्यवहारमा देखाउन आग्रह गर्दै, अनधिकृत संस्था तथा एजेन्सीहरूलाई श्रम प्रक्रियाबाट तत्काल हटाई छानबिन र कारबाही थाल्नुपर्ने माग गरेका छन् ।

‘हामीले आफ्ना युवाको श्रमको सम्मान गर्न नसक्ने हो भने देशभित्रको बेरोजगारीको समाधान खोज्ने नैतिक आधार पनि गुम्छ,’ शिवाकोटीले लेखेका छन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ४९ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा