काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत् आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको हो । उक्त बैठकलाई अध्यक्ष नेपालले सम्बोधन गरेका छन् ।
बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू पनि सहभागी छन् । भ्रष्टाचार मुद्दा लागे पनि अध्यक्ष नेपालले पार्टी र संसदीय दल दुवैको बैठकमा अध्यक्षता गरिरहेका छन् ।
विशेषले धरौटीमा छाडेका उनले शुक्रबार सचिवालय बैठकमार्फत् आफूमाथिको मुद्दा, सरकारका गतिविधिबारे पनि बोलेका छन् ।
उनलाई विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार भएको थुनछेक बहसपछि नेपाललाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।














प्रतिक्रिया