पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा (तस्बिरहरू) « Khabarhub

पसल बन्द गरेर सुनचाँदी व्यवसायी फेरि सडकमा (तस्बिरहरू)


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित भएका छन् ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले पसल बन्द परेर पुन सडक आन्दोलन सुरु गरेका हुन् । 

निरन्तर आन्दोलनका रहेका व्यवसायीहरूले यसअघि केही दिन सडक प्रदर्शन स्थगित गरेका थिए । तर आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरु गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । 

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए । 

व्यवसायीहरूले सुनमा लगायतको कोटा प्रणाली खारेज गर्न समेत माग गरेका छन् । उक्त करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने व्यवसायीहरूको भनाइ छ ।

तस्बिरहरू :

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : ४० बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र