रविको पक्षमा हस्ताक्षरबारे रास्वपालाई कांग्रेसले भन्यो- अदालतमा विचाराधीन मुद्दाबारे ख्याल गर्नू « Khabarhub

रविको पक्षमा हस्ताक्षरबारे रास्वपालाई कांग्रेसले भन्यो- अदालतमा विचाराधीन मुद्दाबारे ख्याल गर्नू


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अदालतमा विचाराधीन विषयमा संसद्मासमेत प्रश्न गर्न नपाइने संवैधनिक व्यवस्था स्मरण गराएका छन् ।

सहकारी ठगी प्रकरणमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरिरहँदा उनले उक्त संवैधानिक व्यवस्था स्मरण गराएका हुन् ।

‘अदालतमा विचाराधीन विषयमा संसद्मा त प्रश्न गर्न नपाइने संवैधानिक व्यवस्था छ भने अदालतको निर्णयविरूद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला ?,’ प्रचार विभाग प्रमुख विश्वकर्माले फेसबुकमा प्रश्न गरेका छन्,’ ‘के नेपाली जनताले खोजेको नयाँ शक्ति भनेको यस्तै नै हो ?,’

उनले रास्वपालाई संकलन भइरहेको हस्ताक्षर बुझाउने ठाउँ र त्यसपछि निर्णय गर्ने निकायका बारेमा प्रति प्रश्न गरेका छन् । ‘अनि हस्ताक्षर बुझाउने कहाँ ?,’ विश्वकर्माको प्रश्न छ, ‘तत्पश्चात् हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला ?’

रास्वपाले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर कारागारमा थुनिएको दाबी गर्दै देशभित्र र देशबाहिर हस्ताक्षर संकलन गरिरहेको छ ।

असार ७ गतेदेखि सुरु भएको रास्वपाको हस्ताक्षर संकलन अभियान आगामी साउन ३० गतेसम्म चल्ने छ । रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतशोध भएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गर्न केन्द्रदेखि वडा समितिसम्मका विभिन्न तहलाई सर्कुलर जारी गरेको छ ।

पार्टीले वडा समितिलाई घरदैलो अभियान गरेर हस्ताक्षर संकलन गर्न भनेको छ । रास्वपाले प्रवास समितिहरूलाई पनि विदेशमा हस्ताक्षर संकलन गर्न निर्देशन दिएको छ । लामिछानेको रिहाइका लागि भन्दै हस्ताक्षर संकलन अभियान सुरू भएपछि केही कलाकारहरूले पार्टी केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : १० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली