सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम « Khabarhub

सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी–  कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ । 

समूहले आफ्नो वार्षिक कार्यक्रमअनुसार जीविकोपार्जनमा सघाउ पुर्‍याइ रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो ।

समूहका अध्यक्ष रामबहादुर कामीका अनुसार वन ऐन, २०७६ को प्रावधानबमोजिम यो कार्यक्रम आयोजना गरिएको हो । ऐनले सामुदायिक वनको आम्दानीको निश्चित हिस्सा वन संरक्षणबाहेक विपन्नमुखी तथा सामूहिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअन्तर्गत तालिम दिइएको उनले बताए ।

गत वैशाख १३ गते सुरु भई जेठ २६ गते सम्पन्न भएको उक्त ४५ दिने तालिम मनकामना ड्राइभिङ सेन्टर मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो । तालिममा सहभागीलाई आज एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ । 

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक विकासमा खेलेको भूमिका प्रेरणादायी रहेको बताए । उनले यस्ता सकारात्मक कामको प्रचार गरी अन्य समूहलाई पनि प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष आशाराम चौधरीले यस्ता सीपमूलक तालिमले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने बताउँदै आवश्यक सहयोगका लागि वडा र पालिकाबाट समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तालिमको प्रभावकारिता पनि उच्च देखिएको मनकामना ड्राइभिङ सेन्टरका व्यवस्थापक तथा प्रशिक्षक नैनबहादुर विष्टले बताए । दुई सय २५ घण्टाको तालिम अवधिमा सहभागीले जिप/कार चलाउने सीपका साथै सैद्धान्तिक ज्ञान, ट्रायल अभ्यास र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तयारी गरेका थिए । 

तालिमपछि १८ जनाले लाइसेन्सको लिखित परीक्षा दिएकामा १७ जना उत्तीर्ण भएका थिए । तीमध्ये पाँच जनाले प्रयोगात्मक परीक्षा (ट्रायल) समेत पास गरी लाइसेन्स प्राप्त गरिसकेका छन् भने बाँकी पनि लाइसेन्स लिने प्रक्रियामा छन् । सामुदायिक वनले ड्राइभिङका अतिरिक्त पलम्बिङ, सिलाइ कटाइ र ब्युटिसियनजस्ता अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिरहेको छ ।रासस

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : ५८ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली