रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री « Khabarhub

रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताएका छन् । 

शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिँदो परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्ष शक्ति उत्पादन गर्न सके रोजगारीको लागि धेरै चिन्ता गर्नु नपर्ने बताएका हुन । 

मन्त्री भण्डारीले अब श्रमको बारेमा अध्ययनको आवश्यकता रहेको विषयमा जोड दिँदैँ काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन लेवर स्टडिज कोर्ष सञ्चालन गर्ने गृहकार्य र छलफल अगाडि बढी रहेको बताए । 

उनले सूचनाको अभावमा स्वदेशी होस वा वैदेशिक रोजगारीका लागि उपलब्ध भएका अवसरहरू पनि सही सदुपयोग गर्न नसकेको अवस्थालाई चिर्नका लागि सूचना पुर्‍याउने निकायहरूलाई सक्षम बनाउनु पर्नेमा जोड दिए । 

मन्त्री भण्डारीले  श्रम मन्त्रालयले दिने सबै सेवाहरू एकीकृत रूपमा प्रवाह गर्नका लागि ७ सय ५३ स्थानीय तहबाट स्थापना गरिएको रोजगार सेवा केन्द्र मार्फत सूचना प्रवाह गर्ने काम भई रहेको बताए । श्रम मन्त्रालयबाट प्रवाह हुने सबै सेवाहरूलाई डिजिटलाइलेसन गर्ने प्रक्रियामा अगाडि बढी रहेको उनको भनाई छ । 

उनले श्रम र आप्रवासनको क्षेत्रलाई सर्वसुलभ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु स्वीटजरल्याण्ड सरकार र स्वीस कन्ट्याक्टलाई सहयोगको लागि आभार प्रकट गरे । अगामी दिनमा पनि निरन्तर सहयोगको लागि आव्हान समेत गरे । 

मन्त्री भण्डारीले नेपालमा पहिलो पटक राष्ट्रिय आप्रवासन नीति करिब करिब टुंगिने अवस्थामा पुगेको जानकारी गराउँदै छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे । 

उक्त अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । 

श्रम सचिव डा. कृष्णहरि पुष्करले तालिम र सीपको बीचमा तादाम्यता नहुने, आवश्यकता र तालिमको बीचमा पनि तादाम्यता नहुने, एकै व्यक्तिले धेरै तालिम लिएको अवस्थामा यसलाई व्यवस्थापन गर्नका लागि यस त्रिपक्षीय समझदारीले सहयोग विश्वास व्यक्त गरे । 

उनले तीन वटै संस्थाले एक अर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पुर्‍याउने आशा लिएको बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ३ : ५१ बजे

सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका