कांग्रेस जनताको परीक्षामा पास भएको पार्टी हो, यसलाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

कांग्रेस जनताको परीक्षामा पास भएको पार्टी हो, यसलाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्  । 

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं १० द्वारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले भ्रातृ संगठन, कांग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरू बलियो भएको खण्डमा मात्रै कांग्रेस बलियो हुनेमा जोड दिए । उनले कांग्रेसले जनताको परीक्षामा पटक पटक पास भएको पार्टी भएको पनि बताए । 

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले भने, ‘कांग्रेस पार्टी, कांग्रेस पार्टीका भ्रातृ संगठन, कांग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरू बलियो भएको खण्डमा मात्रै तपाईँ हामीले सन्तोषको श्वास फेर्न सक्छौँ । होइन भने धेरै अप्ठ्यारो हुन्छ ।’ 

उनले समय र परिस्थितिलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्ने भन्दै २००३ सालमा स्थापना भएको कांग्रेस पार्टीलाई यत्रो परिवर्तन ल्याउन सफल भएको बताए । तर, अहिले पनि नागरिकले कांग्रेसमाथि प्रश्न गरिरहेको भन्दै भने, ‘भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन । हामी त पटक पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौँ ।’

उपप्रधानमन्त्री सिंहले सरकार गठन हुँदाको सहमतिको अनुसार अघि बढिरहेको भन्दै नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने दाबी गरे ।  

नयाँ पार्टीले जे भन्यो त्यो मान्दै जान नसकिने भन्दै उनले जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर  कुनै आन्दोलनमा सहभागी नभएका दलले केही काम गर्छन् भन्ने आशा गर्नु तर्कसंगत नहुने धारणा राखे । उनले जनताको अधिकारका लागि प्रतिकूल अवस्थामा संघर्ष गरेका पार्टीहरूलाई नजरअन्दाज गर्न नहुने बताए । 

उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने भन्दै सरकारले जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा जोड दिइरहेको बताए । –रासस

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ३३ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली