कोशी प्रदेशसभा : विनियोजन विधेयक बहुमतले पारित | Khabarhub Khabarhub

कोशी प्रदेशसभा : विनियोजन विधेयक बहुमतले पारित


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।

सदनमा कोशी प्रदेश सरकारको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२’ भने सर्वसम्मतले पारित भएको थियो । उक्त दुवै प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसैगरी, विनियोजन विधेयक, २०८२ उपर अलगअलग शीर्षकमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र खिनुलङवा लिम्बूले प्रस्ताव गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री मगरले बजेट निर्माण गर्दा आम नागरिकको भावना र चाहनालाई केन्द्रमा राखी गरेको जानकारी दिँदै बजेटमा कसैमाथि अन्याय भएको दाबी गरे ।

‘बजेटमा सन्तुलन कायम छ, बजेट निर्माण गर्दा सत्तापक्ष र प्रतिपक्षलाई नहेरी जनताको आवश्यकताका योजना र चाहनालाई समावेश गरिएको छ’, उनले भने, ‘नदीजन्य पदार्थ, वनजङ्गल, मालपोत र यातायातका क्षेत्रबाट उल्लेखनीय राजस्व सङ्कलन गर्न प्रदेश सरकार योजनाबद्ध रूपमा लाग्नेछ ।’

विशेष समय

प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले प्रमुख प्रतिपक्ष दलका नेतालाई संसद्मा छलफल गर्न समय निर्धारण गर्ने प्रक्रिया गलत हो भन्दै संसद् सत्ताको नियन्त्रणमा रहन नहुने तर्क गरे ।

नेता आङ्बोले सरकारले बजेट निर्माण गर्दा कुनै एक जिल्लालाई मात्र नभई सबै जिल्लालाई हेरेर बजेट बनाउनुपर्ने बताउँदै सरकारले प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई न्याय गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

शून्य समय
बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सुनसरीको श्रीलङ्का टापु र कोशी बाँध भत्किँदा प्रभावित जनतालाई उचित व्यवस्थापन गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराइन् । 

प्रदेशसभाको अर्को बैठक यही असार १६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : १४ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा