पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते « Khabarhub

पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भारी मनसुनी वर्षाका कारण विगत २४ घण्टामा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

मृतकहरूमा दुई जना पानीमा डुबेका, ओकारा र बहावल नगरमा एक–एक जना, मुजफ्फरगढमा पर्खाल ढल्दा दुई जनाको मृत्यु भएको र खानेवालमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको पिडिएमएले जनाएको छ ।

मुलतान, फैसलाबाद, साहीवाल, सोरकोट र मन्डी बहाउद्दिनबाट घाइते भएका थप घटनाहरू रिपोर्ट गरिएको छ, । 

विपद् प्राधिकरणले बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ भने सरकारले  पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको मौसम विभागले जुलाई १ सम्म देशभर भारी मनसुनी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यो मौसममा सामान्यभन्दा २५ प्रतिशत बढी वर्षा हुने चेतावनी दिएको छ भने विशेष गरी तल्लो क्षेत्रमा सहरी बाढीको खतरा बढेको छ । रासस

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ४७ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली