नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन « Khabarhub

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही समयका लागि स्थगित गरिदिन गरेको अनुरोध अदालतले अस्वीकार गरेको छ।

बिहीबार नेतन्याहूका वकिलले अदालतमा निवेदन दिँदै प्रधानमन्त्रीले इरानसँग १२ दिन लामो युद्धपछि ‘सुरक्षा मामिलामा ध्यान केन्द्रित गर्नुपर्ने’ भएकाले दुई साताका लागि सुनुवाइबाट छुट दिइनुपर्ने माग गरेका थिए।

तर जेरुसेलेम जिल्ला अदालतले नेतन्याहूको उक्त अपीललाई अस्वीकार गरिदिएको हो । ‘वर्तमान अवस्थामा पेश गरिएको निवेदनमा सुनुवाइ स्थगन गर्न आवश्यक स्पष्ट आधार वा विस्तृत कारण प्रस्तुत गरिएको छैन’, अदालतले भनेको छ ।

नेतन्याहूले आफूमाथि लागेको भ्रष्टाचार आरोप अस्वीकार गर्दै आएका छन्। उनका समर्थकहरूले लामो समयदेखि चल्दै आएको मुद्दा राजनीतिक प्रेरित भएको दाबी गर्दै आएका छन्।

नेतन्याहूविरुद्ध पहिलो मुद्दामा उनी र पत्नी सारा नेतन्याहूमाथि अरबपतिहरूबाट राजनीतिक लाभको बदलामा सिगार, गहना, च्याम्पेन जस्ता २ लाख ६० हजार डलरभन्दा बढी मूल्यका विलाशी सामान स्वीकारेको आरोप छ।

अन्य दुई मुद्दामा नेतन्याहूले इजरायली सञ्चामाध्यमहरूसँग अनुकूल समाचार छापिने गरी सौदाबाजी गर्न खोजेको आरोप लागेको छ ।

यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोश पोखेका छन् । उनले यसलाई एकदमै षड्यन्त्रपूर्ण भनेका छन् ।

ट्रम्पले एक प्रतिक्रिया दिँदै नेतन्याहूविरुद्धको मुद्दालाई ‘एकदमै षड्यन्त्रपूर्ण’ भन्दै निन्दा गरेका छन्। उनले भनेका छन्, ‘यो मुद्दा तत्काल रद्द गरिनुपर्छ । यस प्रकरणमा नेतन्याहूलाई माफी दिइनुपर्छ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : २३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट