प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह « Khabarhub

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ सीबीच आज भेटवार्ता गएको छ । चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्यसमेत रहेका सीसँग महासङ्घ सचिवालय टेकुमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुवै देशको आर्थिक तथा कूटनतिक सम्बन्ध, व्यापार लगानी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

पर्यटन, पूर्वाधार, ऊर्जालगायत क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्त्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यका प्रशस्त सम्भावना रहेको बताए ।

उनले भने, “ग्वाङ्दोङसँग व्यापार तथा लगानीको सम्भावना साथै विज्ञान र प्रविधिको क्षेत्रमा भएको अनुभव र अहिले अन्तरराष्ट्रिय तथा आन्तरिक साझेदारीहरू निर्माणमा देखाइएको सक्रियताले नेपाल र गुआङ्दोङबीच नयाँ सहकार्यका ढोका खोल्नेछ ।”

नेपालकोे निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासङ्घले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न गरेको पहलकाबारे जानकारी दिँदै अध्यक्ष ढकालले महासङ्घको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको उल्लेख गर्नुभएको उहाँका प्रेस संयोजक टिपी भुसालले जानकारी दिए ।

नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिँदै उनले भने, “यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउनेछ र चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्नेछ ।”

ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन र कृषि प्रशोधनजस्ता क्षेत्रमा नेपालमा लगानीका राम्रो अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले ग्वाङ्दोङ सरकारसँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र सङ्घसंस्थासँग जोडिन सहयोग गर्न आग्रह गरे । उनले संयुक्त उद्यम, व्यापार भ्रमण र ज्ञान आदानप्रदान कार्यक्रममा सहकार्य गर्न महासङ्घ तयार रहको बताए ।

ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य सीले नेपाल चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीन सधैँ सकारात्मक रहेको बताए।

उनले चीनले प्रविधि तथा नवप्रर्वतनको क्षेत्रमा गरेको सफलतालाई नेपालको विकासमा साझेदारी गर्न आफूहरू तयार रहेको धारणा राख्नुभयो । “चीनले प्रविधि तथा नवप्रर्वतनका क्षेत्रमा धेरै काम गरिरहेको छ”, उनले भने, “हाम्रो यो अनुभवबाट नेपालले पनि सकारात्मक परिवर्तन गर्न सक्छ । त्यसका लागि हामी सहकार्य गर्न तयार छौँ ।”

सीले नेपालको खाद्य प्रशोधन, कृषि तथा पर्यटनमा सहकार्य गर्न सकिने बताउँदै नेपाल–ग्वाङ्दोङ आर्थिक सहकार्यको लागि आफूले पहल गर्ने बताएको भुसालले बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : २६ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको