पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको अचानक बाढीले दुई परिवारलाई बगाउँदा कम्तीमा छ जनाको ज्यान गएको छ भने नौ जना अझै बेपत्ता रहेका छन् । उक्त घटना शुक्रबार बिहान भएको हो, स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

घटना स्वातको बाबुजई तहसीलस्थित बाइपास सडक नजिकै रहेको जी क़ुर्बान रेष्टुराँ छेउमा बिहान करिब साढे आठ बजे भएको हो । डस्का र मर्दान जिल्लाबाट आएका दुई परिवारका सदस्यहरू मनोरञ्जनको लागि स्वात नदीमा पसेका थिए । सोही समयमा माथिल्लो भेगमा परेको भारी वर्षाका कारण नदीमा आएको अचानक बाढीले उनीहरूलाई बगाएको बताइएको छ ।

स्वातका प्रमुख जिल्ला अधिकारी शहजाद महबूबका अनुसार, “पानीको सतह अचानक बढेपछि जम्मा अठार जना मानिसहरू बाढीको प्रवाहमा परेका थिए ।”

घटना लगत्तै उद्धार टोली, स्थानीय स्वयंसेवकहरू र सुरक्षा निकायको सहकार्यमा खोज तथा उद्धार कार्य प्रारम्भ गरिएको थियो । प्रारम्भिक प्रयासमा तीन जनालाई जीवितै उद्दार गरिएको छ भने छ जनाको शव फेला परेको छ ।

नौ जना अझै वेपत्ता रहेका कारण मालाकन्ड जिल्लासम्म फैलाइएको ठूलो खोज अभियान जारी रहेको अधिकारीहरूले जनाएका छन् । जिल्ला प्रशासनका वरिष्ठ पदाधिकारीहरू स्वयं उपस्थित भई उद्धार कार्यको निगरानी गरिरहेका छन् ।

डिप्टी कमिश्नर महबूबले भने,“नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । अहिलेको अवस्थामा मौसम अनिश्चित भएकाले नदी तथा खोला नजिक नजान सबैमा आग्रह गरिन्छ ।”

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : ३९ बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको