क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने | Khabarhub Khabarhub

क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

यउन्डे– क्यामरुनका राष्ट्रपति पाउल बियाका एक चर्चित आलोचकलाई निर्वाचन अधिकारीहरूले अक्टोबर १२ मा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन सक्ने अनुमोदित उम्मेदवारहरूको सूचीबाट बाहिर राखेका छन् ।

राष्ट्रिय निर्वाचन परिषद्ले शनिबार जारी गरेको अस्थायी सूचीमा रहेका १३ उम्मेदवारमध्ये सम्भावित प्रतिस्पर्धीका रूपमा मौरिस काम्तोलाई राखिएको छैन । उनले अब राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । काम्तो सन् २०१८ को राष्ट्रपतीय चुनावमा बियापछि दोस्रो स्थानमा रहेका थिए ।

गत साता औपचारिक रूपमा उम्मेदवारी दिएका ७१ वर्षीय काम्तो निर्वाचन परिषदमा पेश गरिएका ८३ जनामध्ये एक थिए । अस्थायी सूचीमा कुनै पनि चुनौतीलाई विचार गरेपछि आगामी दिनमा उम्मेदवारहरूको निश्चित सूची घोषणा गरिनेछ ।

काम्तोले ‘अफ्रिकन मुभमेन्ट फर न्यु इन्डिपेन्डेन्स एन्ड डेमोक्रेसी म्यानिडेम’ को उम्मेदवारको रूपमा भाग लिन खोजेका थिए ।

सन् २०१८ को चुनावमा काम्तो क्यामरुन पुनर्जागरण आन्दोलन एमआरसीबाट उम्मेदवार थिए ।

सन् १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बिया आठौँ कार्यकालका लागि चुनावी मैदानमा थिए ।

पूर्वप्रधानमन्त्री बेलो बोबा माइगारी र गत जुनको सुरुमा रोजगारमन्त्रीबाट राजीनामा दिएका इसा चिरोमा बकरीले भने चुनावमा भाग लिन स्वीकृति पाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : २८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित