हरिद्वारमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु « Khabarhub

हरिद्वारमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्ड राज्यस्थित तीर्थस्थल हरिद्वारामा पर्ने मानसादेवी मन्दिरमा भागदौड मच्चिएको छ । भागदौडका क्रममा ६ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार घटनामा अरु थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार हालसम्म ३५ जनालाई अस्पताल लगिएको छ । मानसादेवी मन्दिरलाई हरिद्वारको पाँच तीर्थमध्ये एक मानिन्छ ।

प्रारम्भीक जानकारीअनुसार भीडमा विद्युतीय झट्का लागेको हल्ला फैलिएपछि भागदौड शुरु भएको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार हाल घटनास्थलमा राज्यको विपद प्रतिकार्य बल र स्थानीय प्रहरीले उद्धार तथा राहत कार्य गरिरहेका छन् ।

मुख्यमन्त्री धामीले आफ्नो प्रशासनले घटनालाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : ४७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल