मुटुका बिरामी मौसमलाई पौने पाँच लाख आर्थिक सहयोग « Khabarhub

मुटुका बिरामी मौसमलाई पौने पाँच लाख आर्थिक सहयोग


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना मुटुका बिरामीलाई पौने पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

मुटुको रोगका कारण लामो समयदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारत भोजपुर नगरपालिका-११ आम्तेकका २६ वर्षीय मौसम राईलाई ४ लाख ७४ हजार आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम समाजसेवामा सक्रिय केदार राईको पहलमा नेपालसहित विभिन्न देशबाट संकलत गरिएको हो । विदेशमा दक्षिण कोरिया र बेलायतसहितका प्रवासी नेपालीहरूले पनि सहयोग रकम पठाएका थिए ।

मौसमको उपचारका लागि नेपालका सहयोगी, शुभेच्छुक, बेलायतमा रहेका आफन्त र दक्षिण कोरियासहित विभिन्न देशमा बस्ने नेपालीले उक्त सहयोग रकम दिएका हुन् । यो अभियानमा रकम संकलनका लागि नेपालबाट केदार, दक्षिण कोरियाबाट भविन्द्र राई र मलेसियाबाट गंगाराज राई सक्रिय भएका थिए।

उक्त सहयोग रकम समाजसेवामा सक्रिय केदर राईले मौसमका दाजु मिथुनलाई गंगालाल हृदयरोग केन्द्रमै पुगेर हस्तानतरण गरेका हुन् ।

मौसमलाई बचाउन केदार राईको संयोजकत्वमा नेपालसहित विभिन्न देशमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ३५ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात