रुस-उत्तर कोरिया सीधा हवाई उडान सुरु « Khabarhub

रुस-उत्तर कोरिया सीधा हवाई उडान सुरु


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

मस्को- रुस र उत्तर कोरियाबीच सीधा हवाई उडान सुरु भएको छ । युक्रेनमा उत्तर कोरियाको आक्रमणलाई सघाउने एशियाली सहयोगीसँगको घनिष्ठ सम्बन्धको थप सङ्केतस्वरुप रुसले आइतबारदेखि उत्तर कोरियाका लागि सिधा व्यापारिक उडान सुरु गरेको हो ।

नर्डविन्ड एयरलाइन्सले सञ्चालन गरेको मस्को–प्योङयाङको पहिलो उडान स्थानीय समय अनुसार आइतबार उडेको थियो र करिब आठ घण्टापछि उत्तर कोरियाको राजधानीमा अवतरण गर्ने तालिका रहेको छ ।

युरोपेली सङ्घले रुसी उडानमा प्रतिबन्ध लगाउनुअघि युरोपका पर्यटकीय गन्तव्यमा उडान भर्दै आएको नोर्डविन्ड एयरलाइन्सले मस्कोबाट प्योङयाङका लागि टिकटको मूल्य ४५ हजार रुबल तोकेको छ ।

रुसको सरकारी समाचार संस्था तासका अनुसार मङ्गलबार प्योङयाङबाट मस्कोका लागि उडान हुनेछ । रूसको यातायात मन्त्रालयले यो रुट महिनामा एक पटक सञ्चालन गरिने जनाएको छ ।

सन् २०२० मा कोभिड–१९ को महामारीका बेला रेल सेवा बन्द गरेका रुस र उत्तर कोरियाले गत जुन १७ मा यसलाई पुनः सञ्चालन गरेका थिए । प्योङयाङले युक्रेनमा आफ्नो सैन्य कारबाहीमा रुसलाई प्रयोग गर्नका लागि सेना र हतियार उपलब्ध गराएसँगै हालैका वर्षहरूमा दुई देशबीच घनिष्ठ सैन्य सम्बन्ध गाँसिएको छ ।

गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दा उनीहरूले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । उत्तर कोरियाले गत अप्रिलमा पहिलो पटक युक्रेनको सीमा क्षेत्रमा युक्रेनसँगको लडाईँका लागि रुसी सेनासँगै आफ्ना सैनिकको एक टुकडी तैनाथ गरेको पुष्टि गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : ०८ बजे

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई

जुम्लाका ५२ वटा मतदानस्थल अति संवेदनशील

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला

राँझा– बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौं– विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

कञ्चनपुर– छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन