बागमती प्रदेशमा कांग्रेसको झगडा मिलाउन खटिए राजेन्द्र केसी « Khabarhub

बागमती प्रदेशमा कांग्रेसको झगडा मिलाउन खटिए राजेन्द्र केसी


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो मिलाउन काठमाडौंबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी खटिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिले काठमाडौं क्षेत्र नम्बर १० का सांसदसमेत रहेका केसीलाई बागमतीमा इन्द्र बानियाँ र संसदीय दलका नेता बहादुरसिंहबीचको झगडा मिलाउन केसी आइतबारै हेटौँडातिर लागिसकेका छन् ।

‘बागमतीका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध पार्टीकै साथीहरूले अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको छ’, केसीले आइतबार दिउँसो खबरहबलाई भने, ‘कांग्रेसकै साथीहरूबीच देखिएको समस्या समाधानको पहलका लागि मलाई केन्द्रीय कार्यसमितिले खटाएकाले अहिले हेटौँडा जाँदैछु, बेलुकासम्म पुगेर दुवै पक्षमा संवाद थाल्छु ।’ 

कांग्रेसले पार्टी संसदीय दलको विधानअनुसार बागमतीमा देखिएको विवाद मिलाउने जिम्मा केसीलाई दिएर पठाएको हो । कांग्रेस दलको विधानको दफा २२ को उपदफा २ मा अविश्वास प्रस्तावबारे व्याख्या गरिएको छ ।

‘संसदीय दलको नेतामाथिको अविश्वास प्रस्तावलाई संसदीय दलको प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको ५०प्रतिशतभन्दा बढी सदस्यले समर्थन गरेमा सो प्रस्ताव पारित भएको मानिनेछ । संसदीय दलको बैठकमा पार्टीका केन्द्रीय सभापति वा महामन्त्री वा केन्द्रीय समितिबाट खटिएको कुनै पर्यवेक्षकको उपस्थिति अनिवार्य हुनु पर्नेछ,’ विधानमा भनिएको छ ।

कांग्रेस संसदीय दलको त्यही व्यवस्थाअनुसार प्रतिनिधिसभाका सांसद केसीलाई केन्द्रीय कार्यसमितिले पर्यवेक्षक बनाएरसमेत हेटौँडा पठाएको हो ।

बागमती प्रदेशमा अहिले कांग्रेस नेता बहादुरसिंह लामा मुख्यमन्त्रीका रुपमा छन् । उनी मुख्यमन्त्री हुने बेला एक वर्षपछि पद छाड्ने आन्तरिक सहमति भएको भन्दै बानियाँ समूहले अविश्वास दर्ता गराएको हो ।

सहमति कार्यान्वयन नभएको भन्दै लामालाई दलको नेताबाट हटाउनका लागि बागमती प्रदेश सभापति बानियाँको नेतृत्वका २१ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । शुक्रबार अविश्वास प्रस्ताव दर्ता भएपछिको बाछिटा केन्द्रसम्मै आएको छ। बहुमत सदस्यले अविश्वास दर्ता गराएपछि लामा संकटमा छन् ।

अहिले बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद रहेका छन् । यदि केन्द्रबाट पर्यवेक्षकका रुपमा खटिएका केसीले विवाद मिलाउन नसकेमा मतादनमार्फत् लामा नै दलको नेता रहने वा नयाँ नेता आउने टुंगो गरिनेछ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : ५० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह