जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान « Khabarhub

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले, ‘हामीसँग पर्याप्त स्रोत छन्, केही चुनौती छन्, तर सबैले मिलेर अघि बढ्ने हो भने विद्युत् क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ,’ भने ।

उनले पछिल्लो समय भारत र चीनले विद्युत् क्षेत्रमा गरेको तीव्र प्रगतिको सन्दर्भ दिँदै नेपालले पनि त्यही लहर पच्छ्याउँदै गुणस्तरीय ऊर्जा पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री खड्काले सामुदायिक तहमा सञ्चालित विद्युत् परियोजनाहरू मध्ये सञ्चालन गर्न नसकेका संस्थाहरूलाई नेपाल विद्युत् प्राधिकरणमार्फत व्यवस्थापन गर्दै लैजानुपर्ने प्रस्ताव गरे ।

कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालमा देशका विकट क्षेत्रहरूमा विद्युत् सेवा विस्तारका लागि सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिकालाई उच्च सम्मान गर्दै भविष्यमा पनि यस्ता प्रयासहरूलाई संस्थागत बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्व उर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत वक्ताहरूले सामुदायिक विद्युत् प्रवर्द्धनमार्फत ग्रामीण विद्युतीकरणमा महासङ्घले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले हालसम्म ३०० भन्दा बढी सामुदायिक संस्थामार्फत करिब ६ लाख घरधुरीमा विद्युत् पहुँच पुर्‍याइएको जानकारी दिए । उनका अनुसार समुदायबाट संकलित झण्डै दुई अर्ब रुपैयाँ बराबरको लगानीमा विद्युत् संरचना निर्माण गरिएको छ।

कार्यक्रममा सामुदायिक विद्युतीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न संस्था तथा सञ्चारकर्मीहरूलाई सम्मानित गरिएको थियो।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : १९ बजे

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो