सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङ र कञ्चनपुरका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका-११ फाबाखोलास्थित सडकमा मे.१ ज ३२९६ नम्बरको बोलेरो गाडी आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सोही नगरपालिका-११ बस्ने २८ वर्षीया भावाना विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोजस्थित सडकमा यूके ०३ ए १४६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ धामी टोल बस्ने ३० वर्षीय तारा थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि भारतको खटीतर्फ रिफर गरिएको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : ५१ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को