अज्ञात समूहद्वारा बङ्गलादेशमा अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास | Khabarhub Khabarhub

अज्ञात समूहद्वारा बङ्गलादेशमा अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

ढाका- ‘इन्टरनेसनल इन्स्टिच्युट अन फासिजम एन्ड जेनोसाइडको ब्यानरमा रहेको एउटा अज्ञात समूहले राजधानी ढाकाको मुटुमा रहेको बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको छ ।

भवनका हरेक कोठामा खोजीकार्य जारी रहेको छ । तर यो कसको आदेशमा गरिएको हो स्पष्ट छैन । कामको निरीक्षण गर्ने जिम्मेवारहरूले अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिनाको पतनको वार्षिकोत्सवअघि सफाइ कार्य सम्पन्न हुने बताएका छन् ।

सफाइ कामको निरीक्षणको जिम्मेवारीमा रहेका शेखावत हुसेनले पत्रकारहरूलाई भने, “यो फासीवादी शेख हसिनाको युगको प्रतिष्ठान हो । हामी यहाँ थप फासीवादी जन्माउन चाहँदैनौँ । त्यसैले हामीले यसलाई नियन्त्रणमा लिइरहेका छौंँ । यो कामका लागि कसैको अनुमति आवश्यक छैन ।”

ढाकाको २३, बङ्गबन्धु एभिन्युमा रहेको अवामी लिगको मुख्यालयमा ‘अन्तर्राष्ट्रिय फासिजम एवं नरसंहार संस्थान’ लेखिएको ब्यानर झुन्ड्याइएको छ । दैनिक १०–१२ जना कामदारले भवन सफा गर्छन् । कसैकसैले १० तले भवन शेख हसिना विरुद्धको आन्दोलनको नेतृत्व गर्नेहरूका लागि विश्राम गृहका रूपमा प्रयोग गरिने बताएका छन् ।

बङ्गलादेश अवामी लिग बङ्गलादेशको एउटा प्रमुख राजनीतिक दल हो । सन् १९४९ मा स्थापित यो देशको सबैभन्दा पुरानो विद्यमान दल हो । यसले देशको स्वतन्त्रता सङ्ग्राममा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

अन्तरिम सरकारले शेख हसिनाको नेतृत्वको आवामी लिगका गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ । शेख हसिनाको पतनपछि प्रदर्शनकारीहरूले आवामी लिग मुख्यालय सहित पार्टीका धेरै कार्यालय जलाएका थिए ।

प्रदर्शनकारीहरूले शेख हसिना र उनका पिता बङ्गबन्धु शेख मुजिबुर रहमानका स्मारकहरू एक–एक गरेर हटाइरहेका छन् । यसअघि प्रदर्शनकारीहरूले शेख मुजिबको ३२, धनमण्डीको घर पनि भत्काएका थिए । यो बङ्गबन्धु सङ्ग्रहालयका रूपमा प्रयोग भइरहेको थियो ।

गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिना अपदस्थ भएकी थिइन् । उनको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : २० बजे

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको