अज्ञात समूहद्वारा बङ्गलादेशमा अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास « Khabarhub

अज्ञात समूहद्वारा बङ्गलादेशमा अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

ढाका- ‘इन्टरनेसनल इन्स्टिच्युट अन फासिजम एन्ड जेनोसाइडको ब्यानरमा रहेको एउटा अज्ञात समूहले राजधानी ढाकाको मुटुमा रहेको बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको छ ।

भवनका हरेक कोठामा खोजीकार्य जारी रहेको छ । तर यो कसको आदेशमा गरिएको हो स्पष्ट छैन । कामको निरीक्षण गर्ने जिम्मेवारहरूले अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिनाको पतनको वार्षिकोत्सवअघि सफाइ कार्य सम्पन्न हुने बताएका छन् ।

सफाइ कामको निरीक्षणको जिम्मेवारीमा रहेका शेखावत हुसेनले पत्रकारहरूलाई भने, “यो फासीवादी शेख हसिनाको युगको प्रतिष्ठान हो । हामी यहाँ थप फासीवादी जन्माउन चाहँदैनौँ । त्यसैले हामीले यसलाई नियन्त्रणमा लिइरहेका छौंँ । यो कामका लागि कसैको अनुमति आवश्यक छैन ।”

ढाकाको २३, बङ्गबन्धु एभिन्युमा रहेको अवामी लिगको मुख्यालयमा ‘अन्तर्राष्ट्रिय फासिजम एवं नरसंहार संस्थान’ लेखिएको ब्यानर झुन्ड्याइएको छ । दैनिक १०–१२ जना कामदारले भवन सफा गर्छन् । कसैकसैले १० तले भवन शेख हसिना विरुद्धको आन्दोलनको नेतृत्व गर्नेहरूका लागि विश्राम गृहका रूपमा प्रयोग गरिने बताएका छन् ।

बङ्गलादेश अवामी लिग बङ्गलादेशको एउटा प्रमुख राजनीतिक दल हो । सन् १९४९ मा स्थापित यो देशको सबैभन्दा पुरानो विद्यमान दल हो । यसले देशको स्वतन्त्रता सङ्ग्राममा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

अन्तरिम सरकारले शेख हसिनाको नेतृत्वको आवामी लिगका गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ । शेख हसिनाको पतनपछि प्रदर्शनकारीहरूले आवामी लिग मुख्यालय सहित पार्टीका धेरै कार्यालय जलाएका थिए ।

प्रदर्शनकारीहरूले शेख हसिना र उनका पिता बङ्गबन्धु शेख मुजिबुर रहमानका स्मारकहरू एक–एक गरेर हटाइरहेका छन् । यसअघि प्रदर्शनकारीहरूले शेख मुजिबको ३२, धनमण्डीको घर पनि भत्काएका थिए । यो बङ्गबन्धु सङ्ग्रहालयका रूपमा प्रयोग भइरहेको थियो ।

गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिना अपदस्थ भएकी थिइन् । उनको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : २० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र