कम्बोडिया–थाइल्याण्ड द्वन्द्वमा मलेशियाले मध्यस्थता गर्ने, दुबै देशका नेता सोमबार क्वालालम्पुर जाँदै « Khabarhub

कम्बोडिया–थाइल्याण्ड द्वन्द्वमा मलेशियाले मध्यस्थता गर्ने, दुबै देशका नेता सोमबार क्वालालम्पुर जाँदै


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द्विपक्षीय द्वन्द्व समाधानमा मलेशियाको मध्यस्थता स्वीकार गर्न कम्बोडिया र थाइल्याण्ड तयार भएका छन् । मलेशियाको विदेश मन्त्रालयले आइतबार यसबारे जानकारी दिएको हो ।

वार्ताका लागि कम्बोडियाका प्रधानमन्त्री हुन मनेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले सोमबार बिहान मलेशियाको राजधानी क्वालालम्पुर भ्रमण गर्ने अपेक्षा गरिएको छ । मलेशियाको विदेशमन्त्री मोहमद हसनले राज्यसञ्चालित समाचार संस्था बेर्नामालाई बताएअनुसार दुबै मुलुक मलेशियाली मध्यस्थता स्वीकार गर्न तयार भएका हुन् ।

यस द्वन्द्व समाधानका लागि अर्को कुनै पनि देशलाई संलग्न गराउन नहुनेमा दुबै मुलुक एकमत रहेको उनको भनाइ छ ।

समाचार संस्था रोयटर्सका अनुसार यसअघि गत शुक्रबार मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुबै मुलुकसमक्ष मध्यस्थताको प्रस्ताव गरेका थिए ।

हाल मलेशियाले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको अध्यक्षता गरिरहेको छ ।

शनिबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुबै मुलुकका नेताहरु युद्धविरामका लागि सहमत भएको दाबी गरेका थिए ।

गत बिहीबारदेखि थाइल्याण्ड र कम्बोडियाबीच सैन्य झडप जारी छ । द्वन्द्वका क्रममा हालसम्म दुबै मुलुकमा गरी ३० जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने २ लाखभन्दा धेरै घाइते भएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ३६ बजे

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।