आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अगष्ट २७ तारिख। गणेश चतुर्थी व्रत। राष्ट्रिय धर्मसभा दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। राजनीतिमा अवरोध सिर्जना हुनेछ। विपक्षी साथी सक्रिय हुँदा अनावश्यक आरोप लाग्नसक्छ। देशभित्र रोजगारीको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मिहिनेत गरेको ठाउँको मूल्य प्राप्त हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन्। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

कर्कट : दिन राम्रो छ। दोहोरो जिम्मेवारीका कारण समस्या पर्ने जोखिम छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। जग्गाको कारोबारबाट भने फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। आफन्त टाढिने जोखिम छ। शिक्षा र स्वास्थ्यमा नाफा हुनेछ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्नेछ। राजनीतिक नेतृत्वको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ योग छ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने देखिन्छ।

तुला : दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नुपर्ने दिन छ। परिवारमा सल्लाह नगरी अगाडि बढ्दा खटपटी बढ्नेछ।

वृश्चिक : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। कामको बोझले स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा नाफा हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शमा काम गर्दा फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। कृषि र फलफूलको व्यापार गरेमा त्यसबाट राम्रो फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। इज्जत बढ्नेछ। समाजमा मान र प्रतिष्ठा बढ्नेछ। परिवारमा खटपटी बढे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रामा समय बर्बाद भएको महसुस हुनेछ। अभिभावकले दिएको आशिर्वादले मात्र तपाईंको दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्नेछ।

मीन : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेको काम बन्नेछ। विज्ञसँगको परामर्शले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ५ : ०८ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको