काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी न्यौपानेले बुधबार शपथ लिने भएकी छन् ।
सभामुख देवराज घिमिरेसँग उनले अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी हुन् ।
सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण कार्यक्रम तय भएको सभामुखको सचिवालयले जनाएको छ ।
त्यसअघि दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्ने कार्यक्रम छ । बैठकमा समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ ।
यद्यपि, समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया