विहीबार साउथ अस्ट्रेलियासँग दुई टी–२० प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

विहीबार साउथ अस्ट्रेलियासँग दुई टी–२० प्रतिस्पर्धा गर्दै नेपाल

नेपाल ‘ए’ र आसाम प्रदेशको खेल भोलिदेखि


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले विहीबार साउथ अस्ट्रेलियासँग दुई वटा टी–२० खेल खेल्दैछ । पहिलो खेल बिहान ५ :१५ बजे सुरु हुनेछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ :१५ बजे दोस्रो खेल खेल्नेछ ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ । मंगलबार बिहानको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो ।

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए ।

विहीबार दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआइ प्रतिस्पर्धा गर्नेछ । उक्त खेल शनिबार बिहान ५:१५ बजे सुरु हुनेछ ।

त्यसैगरी विहीबार नै नेपाल ‘ए’ टिमले भारतमा टी–२० सिरिज खेल्दैछ । भारतको गुवाहटीमा अगस्ट २८ देखि सेप्टेम्बर ३ तारिखसम्म आसाम प्रदेशसँग सिरिज खेल्न लागेको हो । क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ । नेपाल ‘ए’ टिमले पहिलो खेलमा आसामसँग विहीबार बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ५९ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको