लक्ष्मणको हातमा टाटु ‘माई हर्ट रुबीकुमारी’, रुबीको ज्यान लिनुअघि भनेका थिए- जेल जान्न, म पनि मर्ने हो | Khabarhub Khabarhub

लक्ष्मणको हातमा टाटु ‘माई हर्ट रुबीकुमारी’, रुबीको ज्यान लिनुअघि भनेका थिए- जेल जान्न, म पनि मर्ने हो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य अभियुक्त लक्ष्मण पासवानको एउटा भिडियो भाइरल भएको छ।

रुबीकुमारीको ज्यान लिनुअघि लक्ष्मणले कुनै एकान्त स्थानमा गएर सुट गरेको हिन्दी भाषामा बोलिएको ९ मिनेट ३६ सेकेन्डको भिडियो बाहिरिएको हो ।

रुबीकुमारीको ज्यान लिएर आफ्नो शरीरमा आगो लगाउनुअघि उनले खिचेको सेल्फी भिडियो बाहिरिएपछि घटनाले नयाँ मोड लिएको हो ।

उनले रुबीको हत्यामा उनकी आमा दोषी रहेको उल्लेख गरेका छन् । रौतहटको माधवनारायण नगरपालिका-६ स्थित खेतमा शरीर जलेको अवस्थामा भेटिएका पासवानलाई प्रहरीले बुधबार उद्धार गरेको छ।

प्रहरीका अनुसार उनले रुबीको ज्यान लिइसकेपछि आफ्नो शरीरमा आफैँले आगो लगाएका थिए । शरीर जलेर उनी गम्भीर घाइते अवस्थामा भेटिएका हुन् । घाइते अवस्थामा उनको हातमा टाटु खोपेको भेटिएको छ । जसमा लेखिएको थियो, ‘माई हर्ट रुबीकुमारी’ ।

रौतहट प्रहरीका अनुसार प्रारम्भिक बयानमा लक्ष्मणले रुबीको ज्यान लिएर सुटेकसमा प्याक गरिसकेपछि आफ्नो शरीरमा आगो लगाएको स्वीकारेका छन् । उक्त भिडियोामा रुबीको हत्या आफैँले गरेको पनि लक्ष्मणले स्वीकारे‍का छन् ।

रौतहटकै माधवनारायण नगरपालिका-२ निवासी केही समयदेखि सदरमुकाम गौरस्थित आमाको घरमा बस्ने गरेकी थिइन् । लक्ष्मणसँग विवाद भएपछि आमासँग माइती बस्दै आएकी उनको शव आइतबार सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

रुबीको शव सुटकेसमा प्याक गरेको भेटिँदा प्रहरीसमेत झस्किएको थियो। उक्त शवलाई लिएर प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा पति लक्ष्मण तानिएका थिए । लक्ष्मणले उक्त भिडियो सन्देशमा यो घटना रुबीकी आमाका कारण भएको जिकिर गरेका छन् । उनीसहित राजन, राजु र राजासहितका कारण रूबीको ज्यान लिने अवस्थामा पुगेको उनले स्वीकारेका छन् ।

९ मिनेट ३६ सेकेन्डको उक्त भिडियो सन्देशमा रूबीको हत्या कसरी गरेको लक्ष्मणले केही पनि खुलाएका छैनन्। तर उनले रुबी र आफूले प्रेम सम्बन्धपछि बिहे गरेको बताएका छन् । प्रेमपछिको विवादका कारण यो घटना हुन पुगेको उनले उल्लेख गरेका छन् ।

लक्ष्मण र रुबीबीच उनीहरूको कक्षा १० मा पढ्दैदेखि प्रेम रहेको खुलेको छ । उनीहरूले जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा प्रेमविवाह गरेको बताएका छन् । तर रुबीकी आमा र आफ्नो घरतिरकाले पनि प्रेम विवाह नस्वीकारेपछि तनाव भएको लक्ष्मणले बताएका छन् ।

उनले भिडियो सन्देशमा रुबीकी आमाले पैसाको लोभ देखाएर छोरीलाई राजन, राजु र राजासँग शारीरिक सम्बन्ध राख्न लगाएको गम्भीर आरोप पनि लगाएका छन् । रुबीकुमारीले नुहाउँदा भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोप पनि उनले बताएका छन। राजन महतो र राजुसहितसँग रुबीकुमारीलाई उनकी आमाले शारीरिक सम्बन्ध राख्न बाध्य पारेको पनि लक्ष्मणको दाबी छ ।

लक्ष्मणसँग भागेर प्रेम विवाह गरेकी रुबीलाई उनका माइतीले अर्का भारतको मुजफ्फरपुर निवासी शिवसागर साह नामका युवासँग बिहे गरिदिए । रुबीका माइती र आफ्नो घरकाले पनि नस्वीकारेपछि दुवैजनाको सल्लाहमा मर्ने योजना बनाएको लक्ष्मणले बताएका छन् ।

रुबीको ज्यान लिइसकेकाले अब आफू पनि शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको लक्ष्मणले भनेका थिए । उनले भिडियो सन्देशमा आफू गरिब रहेकै कारण सासूले रुबीलाई आफूसँग बस्न नदिएको उल्लेख गरेका छन् । आफूबाट खोसेर रुबीलाई धनी केटासँग बिहे गराइएको पनि उनले दाबी गरेका छन् ।

जलेर गम्भीर घाइते लक्ष्मणको अहिले गरुडास्थित अस्पतालमा उपचार भइरहेको छ। भिडियोमा रुबीसँग माथि भे‍ट हुने भने पनि लक्ष्मण बाँच्न सफल भएका छन् । उनले रुबीको ज्यान लिनुअघि आफूहरूले रातभर कुराकानी गरेको पनि भनेका छन् ।उनले जीवनमा कसैमाथि पनि यस्तो अत्याचार नगर्न भनेका छन् ।

उक्त कुराकानीमा दुवैजनाले मर्ने टुंगो गरेपछि रुबीको ज्यान लिएको लक्ष्मणले उल्लेख गरेका छन् । उनले आफू जेल जानुभन्दा मर्नै चाहेको बताएका छन् । अब आफू पनि मरेर रुबीलाई भेट्न माथि जान लागेको उनले भनेका छन् । घटनापछि पक्राउ परेका रिक्साचालकलाई छाड्न पनि उनले भनेका थिए । तर, शरीरमा आगो लगाएपछि पनि बाँच्न सफल लक्ष्मणले अब उनले नचाहेको जेल जानुपर्ने भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ४२ बजे

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन

सियोल– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा

भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी