आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ « Khabarhub

आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण उपलब्ध गराएको छ । गाउँपालिकाले मङ्गलबार १० जना व्यवसायीलाई वेल्डिङ मेसिन, ड्रिल मेसिन, वेल्डिङ रड र ड्रिलबिट प्रदान गरेको हो । 

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार दुई लाख ४८ हजार रुपैयाँ लागतमा ती उपकरण खरिद गरी व्यवसायीलाई वितरण गरिएको हो । 

‘आरन चलाउनेको सङ्ख्या घट्दै गएको छ । पहिलो चरणमा १० जनालाई सहयोग गरेका छौँ, गाउँपालिकाको सहयोगले व्यवसायलाई नयाँ रुपमा विकास गरी आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष अधिकारीले भने । यहाँका विशेषतः गाउँघरमा कृषि र घरायसी प्रयोगका औजार निर्माण र मर्मत गरिन्छ ।

त्यसैगरी, चालु आवमा सङ्घीय सरकारले दलित समुदायका परम्परागत पेसा व्यवसाय प्रवर्धन गर्न ५० लाख विशेष अनुदान उपलब्ध गराएको उनले बताए । उक्त बजेटले अधिकांश आरन व्यवसायीलाई आवश्यक सामग्री उपलब्ध गराउने अधिकारीले बताए ।

परम्परागत रूपमा सञ्चालित आरनबाट निर्मित औजार गुणस्तरीय हुने भए पनि अहिले बजारमा पाइने औजारभन्दा मूल्य बढी पर्ने गरेको छ । यहाँका आरनलाई आधुनिक बनाउन सके उत्पादित औजारको मूल्य पनि घट्ने उत्पादकहरू बताउँछन् । 

आगामी वर्षमा भने गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरी आवश्यकताका आधारमा सामग्री उपलब्ध गराउने तयारी गरेको छ ।
 
हिलिहाङ–६ का सन्तवीर रसाइलीका अनुसार परम्परागत आरनमा निर्मित सामग्रीले राम्रो मूल्य पाउने भए पनि आरनलाई आधुनिक बनाउन सरकारी सहयोग आवश्यक छ । 

आरनलाई धेरै परिश्रम नलाग्ने बनाइदिए हामीलाई सजिलो हुन्थ्यो । अधिकांश दलितहरूसँग पर्याप्त जग्गाजमिन र आम्दानीको स्रोत नभएकाले गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्नेमा उनको जोड छ । 

गाउँ कार्यपालिकाकी सदस्य गङ्गामाया विश्वकर्मा हिलिहाङमा करिब १०० घरमा परम्परागत आरन व्यवसाय रहेकामा सरकारी तवरबाटै परम्परागत पेसालाई सम्मान गर्न सके मात्र व्यावसायिक रूप लिन सक्ने बताउँछिन् । रासस

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : २२ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस