डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने « Khabarhub

डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गर्ने घोषणा गरेका छन् ।

बैठकमा युद्धपछिको गाजाको व्यवस्थापनबारे ‘व्यापक योजना’ मा छलफल हुनेछ । टाइम्स अफ इजरायलले फक्स न्युजलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

टाइम्स अफ इजरायलका अनुसार, विटकफले युद्धपछिको व्यवस्थापनका लागि अमेरिकी योजनाको अस्तित्व सार्वजनिक गर्नुभएको यो पहिलो पटक हो ।

‘धेरै मानिसले यो योजना कति बलियो छ र यसको अर्थ कति राम्रो छ भनेर हेर्नेछन् । यसले राष्ट्रपति ट्रम्पको मानवीय उद्देश्यहरूलाई प्रतिबिम्बित गर्छ’, विटकफले फक्स न्युजलाई दिए अन्तर्वार्तामा भने।

उनले युद्धविराम सम्झौताबारे ट्रम्प प्रशासनको आधिकारिक धारणा दोहोर्‍याउँदै आंशिक गाजा बन्धक सम्झौताका विपक्षमा रहेको बताए ।

यसअघि, हमासले अगस्ट १८ मा अरब मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्ताव स्वीकार गरेको थियो । तर, ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ‘हमासलाई पूर्ण रूपमा ध्वस्त पारेपछि मात्र बन्धकहरूलाई मुक्त गर्नुपर्छ’ भन्ने धारणा राख्दै आंशिक सम्झौताविरुद्ध समर्थन जनाएका थिए । 

यद्यपि, टाइम्स अफ इजरायलका अनुसार ह्वाइट हाउसले पछिल्लो चरणबद्ध बन्धक सम्झौता प्रस्तावको समीक्षा गरिरहेको बताएको छ ।

हमासले ६० दिनको प्रस्ताव स्वीकार गरे पनि विटकफले सम्झौताको ढिलाइका लागि लडाकू सङ्गठनलाई दोष दिए । उनले भने, ‘उनीहरूले गत महिना प्रक्रिया ढिलो पार्न खोजे ।’

उनका अनुसार इजरायलले तीव्र दबाब दिएपछि मात्रै हमासले यो प्रस्ताव स्वीकार गरेको हो । ‘अब हामी त्यो सम्झौता स्वीकार गर्छौं भन्ने कुरा हमासले गरिरहेको छ । मलाई लाग्छ उनीहरूले यसरी भन्नुको कारण इजरायलीहरूको तीव्र दबाब हो’, उनले फक्सलाई भने । रासस

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : १० बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको