पूर्वप्रशासकको वर्चस्वले थलिएको अख्तियार | Khabarhub Khabarhub

पूर्वप्रशासकको वर्चस्वले थलिएको अख्तियार

संवैधानिक निकायमा सरकारी छाया


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

पूर्वसचिवले नेतृत्व गरेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे गम्भीर प्रश्न उठिरहेका छन् । अहिले आयोगका प्रमुख प्रेमकुमार राई छन् । जो विगतमा विभिन्न मन्त्रालयका सचिव थिए । पर्यटन मन्त्रालयमा सचिव हुँदा उनले गरेको कामका विषयमा प्रश्न उठेको छ ।

विशेष अदालतमा वाइडबडी विमान खरिद सम्बन्धी मुद्दा दर्ता भए पनि तत्कालीन सचिव तथा हालका अख्तियार प्रमुखको नाम छुटाइएको आरोप छ । विशेष अदालतले वाइडबडी विमान खरिदको भ्रष्टाचार मुद्दामा ‘चयनमुखी अभियोजन’ भएको भनी अख्तियारको कारबाहीमाथि टिप्पणी गरेको हो ।

गत मंसिरमा भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन सचिव प्रेमकुमार राई नेतृत्वको समितिले नै विमान खरिदको निर्णय गरेको र त्यस क्रममा कुनै प्रश्न नउठेको भनी अनुसन्धानको गुणस्तरमै प्रश्न उठाएको छ । राई मात्र होइन, यसअघि पनि पूर्वसचिवबाट प्रमुख आयुक्त भएका अधिकांश व्यक्तिहरू विवादित बने । यसले स्पष्ट देखाउँछ कि अख्तियारको नेतृत्व छनोटमा दीर्घकालीन संरचनागत कमजोरी र राजनीतिक हस्तक्षेप रहेको छ ।

गैरकानूनी काम गरेको आरोपमा समातिएका व्यक्तिलाई कानूनी उपचार गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिलेसम्मै पूर्वकर्मचारीको हालिमुहाली देखिन्छ ।

गैरकानूनी काम गरेको आरोपमा समातिएका व्यक्तिलाई कानूनी उपचार गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिलेसम्मै पूर्वकर्मचारीको हालिमुहाली देखिन्छ । विभिन्न समयमा अनेक सरकारको मातहतमा काम गरेका पूर्वकर्मचारीलाई यो निकायमा ल्याउँदा अपेक्षित परिणाम प्राप्त भएको छैन । ‘जी हजुरी’ गर्ने पूर्वकर्मचारीको अनुसन्धान क्षमतामा पनि आवश्यक ज्ञानको कमी देखिन्छ ।

पञ्चायतकालमा अख्तियारको नाम ‘भ्रष्टाचार निवारण आयोग’ थियो । सो आयोगको नेतृत्वमा २०३४ सालदेखि २०४२ सालसम्म अनिरुद्रप्रसाद सिंह निरन्तर रहे । त्यसपछि २०४२ देखि २०४७ सम्म वासुदेव शर्मा प्रमुख आयुक्त बने ।

बहुदल आएपछि २०४७ देखि २०५१ सम्म जनार्दन मल्लिकले अख्तियारको प्रमुख आयुक्तको जिम्मेवारी सम्हाले । त्यसपछि २०५१ देखि २०५३ सालसम्म राधारमण उपाध्याय, २०५३ साल माघमा रामप्रसाद श्रेष्ठ प्रमुख बने । २०५४ देखि २०५६ सालसम्म मधुसुधनप्रसाद गोरखालीले नेतृत्व गरे । यसै क्रममा सूर्यनाथ उपाध्याय २०५७ कात्तिक १८ देखि २०६३ कात्तिक १७ सम्म अख्तियारको प्रमुख आयुक्त बने । उपाध्यायको पालामा अख्तियारको छवि सुदृढ भएको मानिन्छ । ठूला भ्रष्टाचारी समातिनु, नेताहरू जेल जानु र भ्रष्टाचारविरुद्ध ठोस कारबाही हुनुले उनको कार्यकाललाई विशेष बनाएको छ ।

२०६३ सालमा उपाध्यायले अवकाश पाएपछि अख्तियार लामो समय नेतृत्वविहीन रह्यो । यस अवधिमा आयोग कार्यवाहक आयुक्त र कर्मचारीहरूको भरमा चल्न थाल्यो । सोही समयमा अख्तियारले नै मुद्दा तामेलीमा राखेका पूर्वसचिव लोकमानसिंह कार्की र दीप बस्नेत क्रमशः प्रमुख बने ।  उनीहरूको पालामा आयोगको छवि पुनः कमजोर बन्यो ।

लोकमान र बस्नेतपछि पूर्वसचिव नवीन घिमिरेले नेतृत्व सम्हाले, तर उनको कार्यसम्पादन पनि सकारात्मक देखिएन । सरकारको सहायकका रूपमा काम गरेको आरोप लागेपछि, घिमिरेले अन्त्यमा सरकारी ‘तक्मा’ पाए, जसलाई आमनागरिकले ‘चाकडीको प्रतिफल’ भनेर व्यङ्ग्य कसे ।

कानूनी उपचार दिने निकायमा कानूनी विज्ञताको आवश्यकता रहे पनि, अवकाश पाएका कर्मचारीको लर्को लाग्नुले आयोगको दक्षता र निष्पक्षतामाथि प्रश्न उठाएको छ । कर्मचारीको ‘सर हजुर’ मानसिकता र ‘सिस्टममै रमाउने बानी’का कारण अख्तियारको कामकाज अपेक्षाअनुरूप छैन ।

२०६३ सालमा लामो समय पदाधिकारी अभाव हुँदा आवश्यक पाँच आयुक्त कहिल्यै पूर्ण भएनन् । सचिवलाई कार्यवाहक प्रमुख बनाउनुपरेको थियो । त्यसपछि मुख्य दलहरूको सहमतिमा लोकमानसिंह कार्की प्रमुख बने । कार्कीको विवादास्पद कार्यशैली धेरै देखियो । उनले मुलुककै कार्यकारी प्रमुखको हैसियतमा रजगज गर्न खोजे ।

लोकमानले रिसइबी साँध्न निर्दोषलाई फसाउने, व्यापारीहरूसँग साँठगाँठ बढाउने काम गरे । पहिले भन्सार क्षेत्रमा काम गरेको कारण उनको व्यापारीहरूसँगको सम्बन्ध गहिरो थियो, जुन अख्तियारमा पुगेपछि बढी बलियो बन्यो । उनको रवाफ बढ्दै गयो तर अन्ततः उनको बर्हिगमन पनि असफलतामै टुङ्गियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिलेसम्म पूर्वसचिवकै प्रभुत्व छ । पछिल्लो समय प्रेम राईदेखि राधारमण रेग्मीसम्म पूर्वसचिवकै वर्चस्व देखिन्छ । इतिहास हेर्दा, अन्य निकायका वेदप्रसाद शिवाकोटी र एकजना पूर्वन्यायाधीश आयुक्तका रूपमा पुगेका देखिन्छन् । तर कानूनी पृष्ठभूमि भएका व्यक्तिको सङ्ख्या न्यून छ ।

कानूनी उपचार दिने निकायमा कानूनी विज्ञताको आवश्यकता रहे पनि, अवकाश पाएका कर्मचारीको लर्को लाग्नुले आयोगको दक्षता र निष्पक्षतामाथि प्रश्न उठाएको छ । कर्मचारीको ‘सर हजुर’ मानसिकता र ‘सिस्टममै रमाउने बानी’का कारण अख्तियारको कामकाज अपेक्षाअनुरूप छैन ।

संवैधानिक अङ्गहरूमा जति निपूर्ण र योग्य व्यक्ति पठाइन्छ, त्यति नै राज्य बलियो बन्छ । व्यक्तिको नाम सुन्दा नै जनतामा विश्वास जगाउने पात्र चयन हुनुपर्छ ।

अख्तियारमा सबै पूर्वसचिव मात्र हुनुपर्छ भन्ने पनि होइन । जानकारहरूका अनुसार लोकसेवा आयोग र निर्वाचन आयोगको अवस्था पनि राजनीतिक प्रभाव र कार्यकारीको अधीनमा छ । अधिवक्ता वासुदेव ज्ञवाली भन्छन्, ‘यस्ता निकायमा कार्यपालिकालाई मात्र रिझाउने व्यक्ति हुनै हुँदैन ।’ 

अहिलेसम्मको अभ्यासले संवैधानिक निकायमा योग्य र स्वतन्त्र व्यक्तिको अभाव देखाएको छ । सरकारी वकिल हुँदै आएका राजनारायण पाठक पनि अख्तियार पुगे तर उनी पनि भ्रष्टाचारको दाग लागेर बाहिरिन पुगे । यसकारण कुनै पनि पृष्ठभूमिका व्यक्तिलाई अन्धाधुन्ध नियुक्ति गर्नु अघि सोच्न आवश्यक छ । अख्तियारमा अनुसन्धानबाट देखा परेका सबुत र प्रमाणको उचित मूल्याङ्कन गर्ने क्षमता भएको नेतृत्व अपरिहार्य छ ।

संवैधानिक अङ्गहरूमा जति निपूर्ण र योग्य व्यक्ति पठाइन्छ, त्यति नै राज्य बलियो बन्छ । व्यक्तिको नाम सुन्दा नै जनतामा विश्वास जगाउने पात्र चयन हुनुपर्छ । योग्य व्यक्ति नभेटिने होइन, तर खोज्ने गम्भीर प्रयास नै भएको छैन ।

२०४७ सालको संविधानपछि अख्तियारलाई बलियो संवैधानिक निकायको रूपमा परिकल्पना गरिएको थियो । उच्च नैतिक चरित्र, विषय विज्ञता, ख्यातिप्राप्त जस्ता मापदण्ड छन् तर, नियुक्त पात्र संविधानले कल्पना गरेअनुसारको छैनन् ।

कानूनी विज्ञता र अनुसन्धान दक्षता भएको व्यक्तिले मात्र कुशल काम गर्न सक्छ त्यसकारण आयोगमा कानूनी ज्ञान र अनुसन्धान क्षमतामा दक्ष व्यक्तिहरूको उपस्थिति आवश्यक छ ।

२०६६ देखि २०६९ सम्म अख्तियार प्रमुखको पद खाली राखियो, सबै दल सहमत हुने पात्र खोज्ने नाममा । अन्ततः दलहरूले कुख्यात व्यक्ति रोजे, जसले जनआन्दोलन दमन र राज्यकोषको दुरुपयोग गरेको आरोप थियो । अख्तियारले पहिले नै मुद्दा चलाएको व्यक्ति दलहरूको सहमतिमा प्रमुख बनाइयो ।

लोकमान अख्तियारमा आएपछि उनको नियुक्ति बदरको कुरा प्राथमिक विषय बन्यो । उनले न्यायालयमा अवरोध पुर्‍याउने गतिविधि बढाए । अदालतले मागेका कागजात भूकम्पले पुरिएको बहाना गर्नेदेखि लिएर मुख्य सचिवमार्फत दबाब सिर्जना गर्नेसम्मका काम भए ।

​​​​​​​अख्तियारको साख र प्रभावकारिता पुनःस्थापित गर्न केही ठोस कदम लिन आवश्यक छ । नेतृत्वको पारदर्शी छनोट प्रक्रियाका साथै राजनीतिक भागबन्डा अन्त्य गरेर, योग्य र स्वतन्त्र व्यक्तिलाई मात्र प्राथमिकता दिनुपर्ने अहिलेको आवश्यकता हो ।

कानूनी विज्ञता र अनुसन्धान दक्षता भएको व्यक्तिले मात्र कुशल काम गर्न सक्छ त्यसकारण आयोगमा कानूनी ज्ञान र अनुसन्धान क्षमतामा दक्ष व्यक्तिहरूको उपस्थिति आवश्यक छ । निष्पक्ष कारबाही र ठोस परिणामका माध्यमबाट जनविश्वास बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।

संविधानले कल्पना गरेको ‘उच्च नैतिक चरित्र र ख्यातिप्राप्त व्यक्तित्व’ मात्र अख्तियारको नेतृत्वमा ल्याउने हो भने पनि धेरै सुधारको अपेक्षा गर्न सकिन्छ । कर्मचारी जीवनमा दाग लागेकाहरू नै अनुसन्धान आयोगको नेतृत्वमा पुग्ने क्रमले अख्तियारको साख गुमाएको छ । अब संवैधानिक आयोगहरूलाई सरकारको छायामात्र नभई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निकाय बनाउन गहिरो सोच, योग्य नेतृत्व र ठोस सुधार आवश्यक देखिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ३७ बजे

भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज

घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण