अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ४० ट्याब्लेट र नाइट्राभेट ४ हजार ५ ट्याब्लेटसहित भारत सितामणी घर भएका ४८ वर्षीय गणेश शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २८४४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ६० ट्याब्लेट र नगद ६ हजार ८ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने सप्तरी घर भएका ३० वर्षीय विवेक कार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आकाश रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तयसैगरी वीरेन्द्रनगर नगरपालिका-१० सिम्ताली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही नगरपालिका कृष्णनगर टोल बस्ने २५ वर्षीय सुजन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसतै तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४७ एम्पुल, फेनारगन ४७ एम्पुल र बुप्रेनोर्फिन ४७ एम्पुलसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङ्जा वालिङ्ग नगरपालिका-७ बस्ने २२ वर्षीय बिनोद सुनार र तनहुँ व्यास नगरपालिका-१० घासिँकुवा बस्ने २३ वर्षीय सन्तोस विक रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट बाग्लुङतर्फ जाँदै गरेको ग.२ ख ००८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङको कानेपोखरी गाउँपालिका-६ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र डाईजेपाम १ सय ५० ट्याब्लेट सहित लेटाङ नगरपालिका-३ बस्ने २३ वर्षीय सुवास राई समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ५३ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह