अष्ट्रेलियामा वार्षिक मूल्यवृद्धि १२ महिनाकै उच्च बिन्दुमा « Khabarhub

अष्ट्रेलियामा वार्षिक मूल्यवृद्धि १२ महिनाकै उच्च बिन्दुमा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियाको उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि दर सन् २०२५ को जुलाई महिनामा २ दशमलव ८ प्रतिशत पुगेको छ, जुन पछिल्लो एक वर्षको सबैभन्दा उच्च दर हो ।

अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, एक वर्षको अवधिमा उपभोक्ता मूल्य सूचकांक २ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो, जुन अघिल्लो महिनासम्म १ दशमलव ९ प्रतिशत थियो ।

यो दर सन् २०२४ को जुलाईपछि कै सबैभन्दा उच्च हो, त्यसबेला वार्षिक मूल्यवृद्धि ३ दशमलव ५ प्रतिशत थियो । अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा यो दर उच्च देखिएको हो । उहाँहरूले करिब २ दशमलव ३ प्रतिशतको वृद्धि हुने आँकलन गरेका थिए। 

मूल्यवृद्धिको आधारभूत मापन (ट्रिम गरिएको औसत दर) पनि अघिल्लो महिनाको २ दशमलव १ बाट बढेर २ दशमलव ७ प्रतिशतमा पुगेको छ ।

वर्षको अवधिमा मूल्यवृद्धिमा मुख्य योगदान दिने क्षेत्रहरूमा घर भाडा तथा आवास खर्चमा ३ दशमलव ६ प्रतिशत, खाद्यान्न तथा गैर–मद्यपेय वस्तुहरूमा ३ प्रतिशत र मद्यपान तथा सुर्तीजन्य वस्तुहरूमा ६ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको छ ।

विशेषगरी कफी, चिया र कोकोको मूल्य १४ दशमलव ४ प्रतिशतले बढेको छ, जसको कारण अन्तर्राष्ट्रिय उत्पादनमा प्रतिकूल मौसमका कारण आपूर्तिमा आएको असर हो भनी विभागकी प्रमुखले बताए । 

देशको केन्द्रीय बैंकले यसै महिनामा सार्वजनिक गरेको अनुमानअनुसार, सन् २०२५ को बाँकी समयमा मूल्यवृद्धि अझै बढ्नेछ र सन् २०२६ को अधिकांश समयसम्म करिब ३ प्रतिशतमा स्थिर रहनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १ : २४ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन