म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा « Khabarhub

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । पात्लेखेतको फेदीबाट बग्ने राहुघाट नदीबाट सुरु भएको बान्द्रेखाल्टी र पाखाको पहिरो गाउँसम्म आइपुगेपछि जोखिम बढेको हो । 

पहिरोले ३० जना किसानको सात सय रोपनी खेतीयोग्य जमिन बगाएको बताउँदै करिब आठ हेक्टरभन्दा बढी वन नष्ट गरेको स्थानीय केदार सुवेदीले जानकारी दिए । उनका अनुसार हरि गर्बुजा, खम्बी गर्बुजा, यामबहादुर राम्जाली र लालबहादुर हमालको परिवार पहिरोका कारण विस्थापित भएका छन् । 

गोकुल शर्मा, केदार सुवेदी, नरबहादुर मल्ल, जागेश्वर रिजाल, धनबहादुर मल्ल, अर्जुन पराजुली, मनबहादुर रावत, टीका गिरी र कमल मल्लको घर पहिरोको उच्च जोखिममा परेका बेनी नगर कार्यपालिका सदस्य निर्मला मल्लले जानकारी दिए। उनका अनुसार पहिरोका कारण बान्द्रेखाल्टीका ३५ र पाखाका २८ परिवार जोखिममा परेका छन् ।

‘भिरालो जमिन र कमजोर भूगोल भएको पाखो निरन्तर बगिरहेको छ । खेतबारी धाँजा फाटेर चिरा परेका छन् । घरका पर्खाल चर्किएका छन् । ग्यावियन पर्खाल निर्माण, पानी तर्काउने विधि अपनाइए पनि पहिरो रोकथामको प्रयास सफल भएको छैन्’, उनले भने। 

केही दिनअघि पहिरोको जोखिम भएको क्षेत्रको निरीक्षण गर्न पुगेका सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पात्लेखेत पहिरोको प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १ : ५० बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ