दुर्घटना न्यूनीकरणका लागि बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन  « Khabarhub

दुर्घटना न्यूनीकरणका लागि बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धिका लागि ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन गर्ने भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धिका लागि ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन गर्ने निष्कर्ष निकालिएको हो । 

दुईपाङ्ग्रे सवारीसाधन प्रयोगकर्ताले हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ पालना गराउन ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन गरिन लागेको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार अभियानअन्तर्गत हेल्मेट नलगाई इन्धन लिन आउने दुई पाङ्ग्रे सवारीसाधनलाई इन्धन नदिन नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स एशोसियसनलाई पत्राचार गरिने भएको छ । 

यस्तै अभियान कार्यान्वयन गर्न र अभियानको निगरानीका लागि प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूलाई पनि पत्राचार गरिने छ । 

उक्त छलफलमा  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको बागमती प्रदेशले सम्बन्धित निकायहरूसँग समन्वय गरेर पेट्रोल पम्पहरूमा ‘नो हेल्मेट, नो फ्युल’को सन्देशमूलक बोर्ड (निश्चित आकार र त्यसभित्र रहने विषय र बोर्ड राख्ने स्थान एकीन निर्णय गरी) राख्ने व्यवस्था मिलाउने भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ३९ बजे

कांग्रेस महाधिवेशन अब वैशाख २८-३१ मा गर्न प्रस्ताव, कार्यसमितिको अवधि जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

विकास दीर्घकालीन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीर्घकालसम्म हुनेगरी सडक पूर्वाधार

नेपाली काँग्रेस कार्यसम्पादन समिति बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको